देश पोष्ट /काठमाण्डौं । जापानको तोचिगी प्रान्तको उचुनोमिया शहर बाट प्रशारण हुने सामुदायिक रेडियो मिया रेडियोको नेपाली भाषाको कार्यक्रममा काठमाण्डौ महानगरपालिकाको मेयर बालेन शाहको कामको चर्चा भएको छ ।
२०७२ साल बैशाख १२ र २९ गते नेपाल मा गएकाे बिनासकारी भुकम्प पछी भुकम्प प्रतिराेधी घर निर्माणकाे लागि विज्ञ सेवा प्रदान गर्न २०१६ बाट २०१८ सम्म ललितपुर जिल्ला को जिल्ला बिकाश समिति प्राकृतिक प्रकोप भुकम्प बाट प्रभाभित क्षेत्र मा JOCV को तर्फ बाट नेपाल मा काम गर्नु भएकी जापानिज नागरिक आसकी र उहाँ को श्रीमान मित्सुकी संग नेपाली भाषि रेडियो कार्यक्रम सञ्चालक सन्तोष घिमिरेको ले गर्नु भएको रेडियो संबादका क्रममा काठमाण्डौं शहरको परिबर्तनका बारे उच्च प्रशंसा भएको हो ।
काठमाण्डौं महानगरका मेयर बालेन शाहले काठमाडौँ को सुन्दरता बढाएकाले वातावरणिय सन्तुलन कायम भएको, पहिले कोरोन नभएपनि काठमाडौँ मा हिड्दा मास्क लगाउनु पर्ने अवस्था थियो तर यो पटक नेपाल जाँदा मास्क नलगाई हिड्न सकिने भएको आसकी ले बताउनु भयो । अहिले काठमाडौँ मा फोहोर छदै छैन भन्दा एकदम खुशी लाग्यो, काठमाडौँ को मेयर वालेन शाह लाइ धन्यवाद दिन चाहन्छु आसकी ले भन्नुभयो ।
नेपाल को बारेमा, नेपाल मा गरेको काम, नेपाल ले दिएको माया अनि नेपाली ले गरेको माया अनि जापान मा बसेर पनि सधै नेपाल को बारेमा सोची रहने आसकी आफै इन्जिनियर भएको अनि बिवाह पछि हनिमुन मानाउन भर्खर नेपाल आएका बेला मेयर बालेन ले काठमाडौँ को सुन्दरता बढाएको कुरा देख्दा देशका अन्य स्थानिय तहहरुका लागि पनि मार्गदर्शन हुने कुरा उल्लेख गर्नुभयो ।
अहिले काठमाडौँ मा फोहोर नदेख्दा,विकास निर्माणको संरचनागत परिवर्तन देख्दा अत्यन्त खुशी लागेकाले काठमाडौँ महानगरपालिकाका मेयर वालेन शाह लाइ धन्यवाद दिनु भयो ।
अहिले साउथ सुडान,अफ्रिका देशमा खाने पानि संग सम्बन्धित काम गर्दै आउनु भएको आसकी ले बिगतको भुकम्पिय प्रकोप तथा जोखिममा नेपालमा काम गरेको र नेपालीहरुले आँफु प्रती देखाएको सदासयता,सद्भाव र न्यानो आतिथ्यताले आगामी दिनमा समेत नेपाल र नेपालीको लोक कल्याणकारी हितमा काम गर्ने बचनबद्धता ब्यक्त गर्नुभएको रेडियो कार्यक्रम सञ्चालक सन्तोष घिमिरेको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]