देश पोष्ट/ काठमाण्डौं । आज मिति २०८० असोज १ गते, सोमवार, १८ सेप्टेम्बर २०२३ पुर्बको प्रख्यात हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । कामको सफलताले हौसला जगाउनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।सोखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उधारोमा व्यापार गर्नुपर्ला । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले पनि सताउनेछ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ । चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । लक्ष्य प्राप्त गर्न केही समय लाग्नेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
अध्ययनमा समय दिन नसकिएला । अरूका काममा चासो लिँदा झमेला बेहोर्नुपर्ला । पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । यात्रा गर्ने अवसर जुट्न सक्छ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । आज अरूलाई दिने नभई भित्र्याउने समय छ । दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको साथ– सहयोग प्राप्त हुनेछ । व्यापारमा अवश्यै लाभ हुनेछ। चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । उद्योग र व्यापारमा सामान्य फाइदै हुनेछ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ । सानोतिनो काममा सञ्चित रकम खर्चनुपर्ला । बेलामा होस नपुर्याउँदा बाध्यतामा परिनेछ । व्यापारतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अध्ययनमा त्यति समय दिन नसकिएला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । सानातिना काममै अलमल हुनेछ ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफन्तबाटै टाढिनुपर्ने हुन सक्छ । आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही पाउन अर्काे वस्तु त्याग्नुपर्ला । व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला । खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्ने समय छ । जिम्मेवारी समेत बढ्नेछ । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा फाइदा भइरहनेछ । अरूको चासो लिँदा झमेला आइलाग्न सक्छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन् । सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ । परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन् । काम रोकिनाले मन खिन्न रहनेछ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । श्रम परे पनि सम्भावना खोजी गर्ने समय छ । पछिका लागि गरिएको मेहनतले फाइदा दिनेछ । व्यापार सामान्य रूपमा चल्नेछ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला । सावधानीले नै सम्भावित समस्या टर्न सक्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]