देश पोष्ट/ खोटाङ ।काठमाडौको चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सडकमा सोमबार बेलुकी प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
उक्त दुर्घटना हुँदा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका-१४का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]