देश पोष्ट /खोटाङ । कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। हत्या आरोपमा कपिलवस्तु वाणागंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई पक्राउ गरिएको बताइएको छ ।
उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो।
घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]