देश पोष्ट /काठमाडौं । सरकारले संसदमा टेबल गर्न लागेको शिक्षा विधेयकको बिरुद्धमा शिक्षकहरू आज बाट राजधानीको माइतिघर मण्डलामा आन्दोलनमा उत्रिने भएकाछन् ।
नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौंंमा आन्दोलन गर्ने घोषणा गरेसंगै देशभर बाट राजधानी काठमाण्डौंमा सडक आन्दोलनका लागि आउने क्रम जारी छ भने खोटाङबाट मात्रै ५०० शिक्षक काठमाण्डौं आइसकेको जानकारी प्राप्त भएको छ ।
नेपाल शिक्षक महासंघले विभिन्न १८ बुँदे माग सहित आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन देशभरका शिक्षकहरूलाई भनेको छ ।
संसदमा दर्ता भएको विधेयकको मस्यौदा सार्वजनिक भएपछि नेपाल शिक्षक महासंघको आव्हानमा देशैभरी बाट शिक्षकहरु आन्दोलनका लागि काठमाण्डौं आउने क्रम जारी रहेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
आन्दोलकनका लागि बस, जीप र बाईक प्रयोग गरेर कतिपय शिक्षक काठमाडौं पुगिसकेका छन् भने कतिपय शिक्षक जानेक्रममा रहेको नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालको भनाई रहेको छ ।
अध्यक्ष दाहालका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५० जना, ऐसेलुखर्क गाउँपालिकाको ४४ जना, बराहपोखरी गाउँपालिकाका २३ जना, जन्तेढुंगा गाउँपालिकाका २२ जना, साकेला गाउँपालिकाका १० जना, केपिलासगढीका ७ जना शिक्षक काठमाडौं पुगिसकेका छन् ।
रावाबेँसी गाउँपालिकाका ३२ जना धुलिखेलमा बास पुगेका छन् । खोटेहाङ गाउँपालिकाका १५ शिक्षक मुलकोटमा बास बसेका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १५ शिक्षक रातारात काठमाडौं जाँदैछन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट १०० जना शिक्षक आन्दोलनमा सहभागी हुने अध्यक्ष दाहालले बताए । बुधबार खोटेहाङ गाउँपालिकाबाट ६५ जना र दिप्रुङ चुईचुम्माबाट ७ जनाको टोली काठमाडौं जाने महासंघ खोटाङले जनाएको छ ।
महासंघको कार्यक्रम अनुसार बुधबारदेखि सामुदायिक विद्यालयको पठनपाठन अनिश्चित कालसम्म बन्द हुनेछ । हाल संसदमा दर्ता भएको विधेयकको मस्यौदा सार्वजनिक भएपछि महासंघले त्यसमा गर्नुपर्ने सुधार बुँदागत रुपमा उल्लेख १८ वटा सुधारका माग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]