देश पोष्ट /काठमाण्डौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसर पारेर जापानको तोजगिी प्रान्तमा भब्य दर खुवाउने कार्यक्रम सम्पन्न भएको छ ।
एन.आर.एन.ए तोचिगी क्षेत्रिय समिती ले जापानको तोचिगी प्रान्त को उचुनोमिया सहर र तोचिगी प्रान्त को तोचिगी सहरमा बसोबास गर्ने नेपाली महिलाहरुलाई माइतीको अनुभुती हुने गरी दर खुवाउने कार्यक्रमको आयोजना गरेको जापान स्थीत तोजिगी प्रान्तका एन.आर.एन.ए क्षेत्रिय समितीका संयोजक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
नेपाली नारीहरुकोे महान पर्ब हरितालिका तिज को अवसर पारेर २०२३/०९/१६ मा तोचिगी प्रान्त को उचुनोमिया सहर र २०२३/०९/१७ मा तोचिगी प्रान्त को तोचिगी सहर मा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको तोचिगी संयोजक सन्तोष घिमिरेको भनाई रहेको छ ।
प्रवासमा मा रहेर घरदेशको को अनुभुती महसुश गराउने,साथै संस्कार संस्कृतिको रक्षार्थ बिश्वका जुनसुकै क्षेत्रमा बसोबास गर्ने नेपालीभाषिहरुमा नेपाल र नेपालीको बिशेष चाडबाडहरुको संरक्षण सम्बद्र्धन गर्ने लक्ष्य सहित यो कार्यक्रमको आयोजना गरिएको संयोजक घिमिरे ले जानकारी दिनु भयो ।
महिला दिदि बहिनि हरु को उल्लेखनिय सहभागिता रहेको, विदेश मा रहेर पनि माइती घर को आभाष गराई हामी दिदि बहिनि हरुलाई सद्भाव बाड्नुभएको भन्दै उपस्थित महिला दिदि बहिनि ले आयोजक एन.आर.एन.ए तोचिगी क्षेत्रिय समिती लाइ धन्यवाद का पुस्प गुच्छा हरु दिनु भएको तोचिगी सह सचिब एम.एस ठकुरी ले बताउनु भयो ।
एन.आर.एन.ए तोचिगी क्षेत्रिय समिती संयोजक सन्तोष घिमिरेको अध्यक्षतामा सञ्चलित कार्यक्रममा उप संयोजक ओम गुरुङ ले दिदि बहिनि हरु लाइ सुभकामना मन्तब्य दिनु भएको थियो ।
दुवै सहर को कार्यक्रम लाई भब्य अनि सब्य बनाउन खटिनु भएका सोनाम शेर्पा, सम्भु थापा, राम लामा, अनिल बोहरा, बिस्नु राज पाठक, सुमन दुलाल, लाक्पा शेर्पा, नरेन्द्र बिस्ट, मन पुन मगर, लोकेन कार्की, संजय लम्साल, मदन भण्डारी, एम.एस ठकुरी लगायत सम्पूर्ण सहभागीहरुलाई उत्कृष्ट सहभागिताका लागि धन्यवाद दिदै संयोजक सन्तोष घिमिरले कार्यक्रम समापन गर्नु भएको तोचिगी सह सचिब एम.एस ठकुरी ले जानकारी दिुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]