देश पोष्ट/ खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ ।
गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने एक-एक छात्रछात्रालाई रु एक लाखका दरले पुरस्कार वितरण गरिएको हो ।
४१ औं शिक्षा दिवसको अवसरमा केपिलासगढि गाउपालिकाले केपिलासगढि गाउपालिकाका अध्यक्ष श्री समीर राई ज्युको प्रमुख आतिथ्यता,बिशेष अतिथिहरु,गाउपालिकाका उपाध्यक्ष श्री गुरुराज राई ज्यु ,प्रमुख प्रशासकिय अधिकृत श्री बोम बहादुर परियार ज्यु,शिक्षा शाखा प्रमुख श्री सुरेन्द्र खनाल ज्यु तथा वडा अध्यक्ष ज्युहरुको उपस्तिथिमा बुहारी शिक्षा अन्तर्गत बिद्यालयमा भर्ना भइ हाल अध्यायनरत बुहारिहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।
थर्पुडाँडा मावि सप्तेश्वरकी आस्था राईलाई रु एक लाखसहित प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै थर्पुडाँडा मावि सप्तेश्वरका सुजन कार्की र पृथ्वी मावि बाक्सिलाका आलोक राईलाई जनही रु ५० हजार र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले जानकारी दिएका छन् ।
गत वर्ष एसइईमा उत्कृष्ट अङ्क ल्याउने थर्पुडाँडा मावि सप्तेश्वरका रेडस्टार राइ र पृथ्वी मावि बाक्सिलाकी युनिशा राईलाई रु एक लाख प्रदान गरिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइईमा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने छात्रछात्रालाई नगद पुरस्कार दिँदै आएको छ ।
गाउँपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयमध्ये नतिजाको आधारमा पृथ्वी मावि बाक्सिलाका प्रधानाध्यापक रणबहादुर राई उत्कृष्ट प्रधानाध्यापक घोषित भएका छन् । उनलाई १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । बुहारी शिक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिले दश बुहारीलाई निःशुल्क पढाइरहेको छ । दश जना मध्ये ६ जनालाई एक/ एक दर्जन कापी कलम वितरण गरेको छ । साथै स्टेसनरी र पोसाक सिलाउनलाई कपडा वितरण गरिएको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]