देश पोष्ट /खोटाङ । कोशी प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशको स्थायित्वका लागि सबै दल मिलेर सरकार बनाउनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले बिहिबार होटल इन्द्रेणीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मेन्याङ्बोले राजनीतिक दलको बहुमत नभएकाले कोशी प्रदेश सरकारलाई स्थायित्व दिन नसकिरहेको बताउनु भएको छ ।
सबै दल मिलेर सहमतीमा प्रदेशको सरकार बनाउन सके मात्र समृद्धि र स्थायित्व प्राप्ती हुने मन्त्री मेन्याङ्बोले बताउनुभयो । “कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत छैन । त्यसैले भएका सबै दलहरु मिलेर अगाडि जाऔं भनेर आग्रह गरेका छौँ ।” मेन्याङ्बोले भन्नुभयो,“पहिलो प्रदेशसभाले प्रदेशको नाम राख्नुपथ्र्याे । त्यो सकेन । दोस्रो प्रदेशसभाले जसरी पनि नामाकरण गर्नैपर्ने थियो । हामीले सबै दलको समर्थनमा नामाकरण गरेका हौँ ।”
मन्त्री मेन्याङ्बोले कोशी प्रदेशको नामांकनका विषयमा असन्तुष्ट बनेका पहिचानपक्षधर समुहलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् । शान्तिपूर्ण आन्दोलन परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै मन्त्री मेन्याङ्बोले पहिचानको आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् । “बिरोध गर्न पाइन्छ तर सुरुदेखि कोशी प्रदेशसँग असहमत राख्ने साथीहरुलाई बारम्बार भनिरहेको छु । आन्दोलन गर्नुहुन्छ भने शान्तिपुर्ण गर्नुस् । शान्तिपूर्ण आन्दोलन गर्न संविधानले रोक्दैन । कुनै नियम कानुनले रोक्दैन । तर बल प्रयोग भयो भने आमनागरिकले पनि मान्दैन,” त्यही कारण कोशी प्रदेशसँग विमती राख्ने साथीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न हार्दिक आग्रह गर्न चाहन्छु र वार्तामा आउन हार्दिक अपिल गर्दछु ।”
बुधबार साँझ दिक्तेल आइपुगेका मन्त्री मेन्याङ्बोले बिहिबार जिल्ला अस्पताल निरिक्षण समेत गर्नुभएको थियो । सोही क्रममा प्रदेश नामाकरणको विषयमा असतुष्टि जनाउँदै चरणवद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधर नेता तथा कार्यकर्ताले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निर्माााधीन भवन निरीक्षण तथा अनुगमन गरेर फर्कने क्रममा दिक्तेलस्थित हस्पिटल चोकमा कालो झन्डा देखाएका हुन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]