देश पोष्ट /खोटाङ । वाल सेवा समाज नेपाल, नेर्पा खोटाङको अध्यक्षमा पुनः चन्द्रकला भुजेल सर्वसम्मत चयन हुनुभएको छ ।
विहीवार सम्पन्न २४ औँ साधारण सभा तथा १२ औं अधिवेशनबाट भुजेल संस्थाको अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो
त्यस्तै,उपाध्यक्षमा कविराज रिजाल, सचिवमा विष्णु उपरकोटी, उपसचिवमा सन्तोष घिमिरे र कोषाध्यक्षमा मालती राई चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा कञ्चन परियार, अम्विका बस्नेत रिजाल, सुवासचन्द्र आचार्य र चित्रकला भुजेल निर्वाचित हुनुभएको प्रवन्ध निर्देशक युवराज रिजालले जानकारी दिनुभयो ।
अधिवेशनबाट राजकुमार रिजालको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समिति सदस्यहरुमा लोकेन्द्र राई, जितलक्ष्मी राई, चित्रकुमार राई र इन्द्र कुमारी रिजाल रहनु भएको छ ।
बाह्रौँ अधिवेशन तथा चौविसौँ साधारण सभाको उद्घाटन अध्यक्ष चन्द्रकला भुजेलको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङकी प्रमुख गिता दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सोही कार्यक्रममा त्रिपन्नौ पटक रक्तदान गरी अरुलाई पुनर्जीवन दिलाएर मानवीय सेवामा योगदान दिनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेल निवासी छत्रकुमार वजिमयलाई वाल सेवा समाज नेपाल नेर्पाका तर्फबाट वर्ष उत्कृष्ट समाजसेवी घोषणा गर्दै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो।
साथै, युएन.डी.पी. को सहयोग तथा बाल सेवा समाज नेर्पा खोटाङले महिला, दलित, जेष्ठनागरिक , विपन्न तथा अपांग भएका व्यक्तिहरु लक्षित “कसैलाई पछाडि नछोडौँ” ‘LNOB’ परियोजना सम्बन्धि महिला जनप्रतिनिधि र राजनीतिकदलहरुलाई समेत तालिम प्रदान गरिएको प्रवन्ध निर्देशक रिजालले जानकारी दिनुभयो । अशोज ३ र ४ गते सम्पन्न तालिममा परियोजनाको जानकारी, सामाजिक समावेशीकरण, अपांगता, अपांगताका समस्या र चुनौतिहरु, वजेट निर्माण, तर्जुमा प्रकृया र निर्णय निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य दानबहादुर राई, नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा एमालेका केन्द्रिय सदस्य रमेश पौडेल, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नगर कार्यपालिका का सदस्यहरु, संस्थाका आजिवन तथा साधारण सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]