देश पोष्ट/ काठमाण्डौं । प्रेस काउन्सिल नेपालद्धारा प्रदान गरिने यस बर्षको सुरेन्द्र बहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८० खोटाङका अग्रज पत्रकार दमन राईलाई प्रदान गर्ने निर्णय भएको जानकारी प्राप्त भएको छ ।
प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवको अवसरमा असोज–६ गते सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेल बाट प्रदान गरिने रु एक लाख दश हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८० दुरदराज बाट लामो समय देखी अनबरत रुपमा पत्रकारिता गर्दै आउनु भएका राईलाई प्रदान गरिने निर्णय भएको प्रेस काउन्सिल नेपालले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङको एक कार्यकाल कार्यबाहक र दुई कार्यकाल सर्बसम्मत अध्यक्ष बन्नुभएका सफल नेतृत्व नि.बर्तमान अध्यक्ष राई हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा जन्मनुभर्ई वि.सं.२०६३ सालदेखि खोटाङलाई कार्यक्षेत्र बनाएर हाल सम्म निरन्तर जिल्लामा पत्रकारिता पेशामा कलम चलाइ रहनुभएको छ ।
पूर्णपुष्टि साप्ताहिक उदयपुरबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएका पत्रकार राईले खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियो, खोटाङ खबर साप्ताहिक, हिमाल खबर पत्रिका, नागरिक दैनिक, नेपाल वाइड,ग्यालेक्सी फोरके, न्यूज कारखाना लगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।
खोज पत्रकारितामा समेत अब्बल मानिनुहुने पत्रकार राई निष्पक्ष, इमान्दार र पेशाप्रति कर्तव्यनिष्ठ पत्रकारका रुपमा स्थापित हुनुहुन्छ ।
मोफसलमा रहेर व्यसायिक पत्रकारिता गरिरहनुभएका पत्रकार राईलाई यस वर्ष प्रेस काउन्सिल नेपालले पुरस्कृत गर्ने निर्णय गरेर उचित मूल्याङ्कन गरेको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री लगायत जिल्ला स्थीत सरोकारवाला निकाय एबं आम नागरिकहरुले बधाई तथा शुभकामना प्रदान गरिरहनु भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]