देश पोष्ट /काठमाण्डौं । सिन्धुली स्थीत दुधौली एफएम ९७.२ मेगाहर्जले आफ्नो दोस्रो वार्षिकोत्सव तथा साधारण–सभा भब्य रुपमा सम्पन्न गरेको छ ।
दुधौली एफएमका अध्यक्ष दिल पौडेको अध्यक्षता एबं दुधौली नगरपालिकाको मेयर दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा स्थानीय कभर्डहलमा सञ्चालित कार्यक्रममा बोल्दै मेयर अधिकारीले भन्नुभयो “सञ्चार माध्यमले नगरपालिकाले सम्पादन गरेका कामलाई जनसमक्ष लैजाने वाहकको भूमिका निर्वाह गर्नुपर्ने अभिमत राख्दै छुटेका कामको खबरदारी का लागि रेडियोको महत्वपुर्ण भुमिका रहेको छ” ।
कार्यक्रमका विशिष्ट अतिथि चर्चित गीतकार डा. कृष्णहरि बरालले संविधानलाई अक्षरशः पालन गर्नुपर्ने धारणा राख्दै विकास निर्माण भनेको भौतिक मात्र नभई त्यो संस्कार र असल संस्कृति हुने आफ्नो अवधारणा रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार महेश प्रसाई, दुधौली प्रज्ञा प्रतिष्ठानका उपकुलपति मणि काफ्ले सम्पुर्ण राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले रेडियोको स्थायित्वका बारेमा शुभकामना प्रदान गर्नुभएको थियो ।
बार्षिकउत्सबको अबसरमा साहित्यकार महेश प्रसाई, माधव घिमिरे ‘अटल’, गायकहरू डिजराज पौडेल र शोभा पाण्डेलाई सम्मान गर्नुका साथै एफएमका उत्कृष्ट सञ्चारकर्मी तथा केही सञ्चालक समितिका सदस्यलाई कदर–पत्र प्रदान गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]