देश पोष्ट /काठमाण्डौं । उद्योग वाणिज्य संघ ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा चेत नारायण राजभण्डारी सर्बसम्मत चयन हुनु भएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन अनुसार पालिका स्तरमा गठित वाणिज्य संघ अन्र्तगत ऐसेलुखर्क उद्योग वाणिज्य संघको दोस्रो अधिबेशन आइतवार मुनलाइट होटलको सभा हलमा सम्पन्न भएको थियो ।
अधिबेशनबाट प्रथम उपाध्यक्षमा रमेश कुमार राजभण्डारी,दितीय उपाध्यक्षमा मिनेस राजभण्डारी, सचिवमा ज्योति श्रेष्ठ(राजभण्डारी), कृष्ण राजभण्डारी र कोषाध्यक्षमा सकुन राजभण्डारी सर्वसम्मत निर्वाचित हुनु भएको जानकारी प्राप्त भएको छ ।
सदस्यहरुमा हरेराम राजभण्डारी, हेम बहादुर राई,पुष्पराज श्रेष्ठ, नारायण श्रेष्ठ,राम कुमार तामाङ, रमेश दाहाल, द्वारिका श्रेष्ठ (राजभण्डारी ),जै कुमारी तामाङ र पदेन सदस्य पवनकाजी सैंजु सर्वसम्मत हुनुभएको हो ।
निवर्तमान अध्यक्ष पवनकाजी सैंजुको अध्यक्षतामा र ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष राजेश कुमार राजभणडारी प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनबाट निर्वाचित पदाधिकारी र कार्यसमितिका सदस्यहरुलाई निर्वाचन मण्डलका प्रमुख प्रमोद कुमार राजभण्डारी गोपनीयताको सफत ग्रहण गराउनुभएको नव निर्वाचित अध्यक्ष चेत नारायण राज भण्डारीले जानकारी दिनुभयो ।
आगामी रणनीतिका रुपमा ब्यबसायीहरुको हकहित र उपभोक्ताको अधिकारलाई स्थापित गर्नुको साथै छिमेकी जिल्लाहरु संग ब्यबसायीक सम्बन्ध प्रगाढ बनाउने, अखाद्य पदार्थको नियन्त्रण,ब्यबसायिक एकरुपता लगाएतका योजनाहरु स्थानिय सरकार संग मिलेर कार्यन्वयन गर्ने उद्धेश्य रहेको नव निर्वाचित अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]