लोकमणि रिजाल /खोटाङ । मुलुक परिवर्तनका लागि नेपालमा भएका सशस्त्र एबं शान्तिपुर्बक आन्दोलनको उभार नै जनताको दैनिकीमा परिवर्तन ल्याउनु हो ।
नेपालको ऐतिहाँसिक राजनैतिक विकासक्रमलाई सरसर्ती हेर्ने हो भने गोपालबंशी, महिषपाल, किराँतकालिन विकास, लिच्छवीकाल, मल्ल काल, राणाकाल र शाहकालका बिभिन्न घटनाक्रमहरुलाई केलाएर हेर्ने हो भने कसैले कसैलाई सिध्याएर अर्थात अस्तित्व अस्वीकार गरेर आँफु नायक बन्ने वा शाषक बन्ने र क्रुर किसिमको शाषण गर्ने गरेको इतिहाँस भेटिन्छ ।
नेपालका ठुला ठुला परिवर्तनका आयाम भनिएका प्रजातन्त्रको उदय २००७,पञ्चायती ब्यबस्था २०१७,जनमत संग्रह २०३६, बहुदलिय ब्यबस्था २०४६, नेपालको संधिान २०४७, सरकार माओवादी सशस्त्र युद्ध २०५२ देखी २०६२, राजतन्त्रको ब्यवस्था अन्त्यको लागि ७ राजनैतिक दल, नागरिक समाज,र पत्रकारले नेतृत्व गरेको २०६२,०६३ को जन आन्दोलनको जगमा स्थापित राजतन्त्रको अन्त्य संगै लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ब्यवस्था,जनताको जनप्रतिनिधि द्धारा संविधान सभा बाट संविधान जारी गर्नको लागि संविधान सभाको निर्वाचन २०६४, समय सिमा भित्र संविधान जारी हुन नसकेपछी पुन संविधान सभाको निर्वाचन २०७० पश्चात जारी भएको नेपालको संविधान २०७२ असोज ३ पछाडीको राज्य ब्यवस्थालाई नेपाली जनताले नजिक बाट नियाली रहेको बर्तमान अबस्था हो ।
नेपाली राजनीतिमा बेला बेला भएका उत्तार चढाब को स्थापित रुप नेपालको संविधान २०७२ लाई कार्यन्वयन गर्नको लागि लोकतान्त्रिक गणतन्त्र र मुलुक संघीयतामा जाने गरी पुःसंरचना अन्र्तगत १ संघात्मक राज्य ७ वटा प्रदेश, ७७ जिल्ला ४ महानगरपालिका,१३ उप महानगरपालिका,२७६ नगरपालिका,४६० गाउँपालिकामा गरी ७५३ स्थानिय तह रहेको मुलुकको संविधानको कार्यान्वयन रुपमा निर्वाचन २०७४ साल बैशाख ३१,असार १४ र असोज २ मा भएको थियो भने २०७४ सालकै मंसिर १० र २१ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन पछाडी जनताको ठुलो आशाको दियो बलेको थियो ।
सिंहदरवारको अधिकार गाउँमा पुग्ने र सरकार वा अभिभाबकको अनुभुती नागरिकले गर्न पाउने ठुलो आसामा ५ बर्ष बित्यो,ग्रमिण र दिगो किसिमको विकासको अनुभुती दुरदराज र आवाज बिहिनहरुले गर्न नपाएको गुनासो मै कार्यकाल ब्यतित भयो ।
स्वभाबैले लोकतन्त्रको पहिलो अभ्यासमा आबस्यक संरचना र कानुन एबं कार्यविधीकै अभाबलाई ब्यबस्थापन गर्न केही बर्षहरु बितेपनि बाँकी बर्षहरु पर्यटन प्रबद्र्धन शिर्षकका भ्यु टावरे,ताल पोखरी निर्माण, सरश्रृप देखी बन्यजन्तु एबं घर पालुवा जनावरका मुर्ती र ड्रोजरे विकासले गाँउनै चाल्नो जस्तो बनाएर भु क्षय गराउने एबं कार्यकर्ता ब्यबस्थापन,चुनावी खर्च उठाउनका लागि पर्सेन्टेज ब्यबस्थापनमा समय बितेको नागरिकहरुको निश्कर्ष रहेको छ ।
सिंहदरवारको अधिकार गाउँगाउँमा,चुनावी नारा र घोषणा पत्र उस्तै शानदार, नेताका चिप्लो भाषण,परिवर्तनका गीत,जन लहर,आफ्नो मान्छे,नेताको राइट हेन्ड,गठबन्धन,उपयुक्त पात्र नहुँदा पनि पार्टीको ह्वीप,बाध्यता आदि बिभिन्न कारणले जित्नेले हार्यो,हार्नेले जित्यो जो संग कुनै सामुहिक सौदाबाजी छैन,सामुहिक हित र स्वार्थ छैन,उ आँफु र आफ्नो भन्दा देख्दैन,सबै नागरिक मेरो हो र सबै नागरिकका लागि म हो भन्ने पनि सोच्दैन जसका कारण आज संघीयता नै धरासायी बनेको अबस्था छ ।
नो नट एगेन,स्वतन्त्र उमेद्धारी यी बिभिन्न अभियान चलिरहेका बेला संघीयताको अभ्यासकै क्रममा दोस्रो कार्यकालिन निर्वाचन २०७९ स्थानिय,प्रदेश र प्रतिनिधि सभा सम्पन्न भए पश्चात अप्रत्याशित मत परिणाम आयो । जनताको जनमत बिभक्त भयो जसरका कारण स्थाई र स्थीर किसिमको सरकार सञ्चालन हुन सकेन । जसका कारण टुक्रटाक्री दलहरुको प्रतिनिधि जोडेर सरकार सञ्चालन गर्ने ढाल्ने निर्माण गर्दै समय ब्यतित भइरहेको बर्तमान अबस्थामा स्वतन्त्र उमेद्धारहरुको दादागिरी,स्थानिय तहहरुमा मनपरीतन्त्र कसैले कसैलाई नटेर्ने र नपत्याउने विविध कारणले चरम लापरबाही,भ्रष्टाचार,सुशासन लत्यायर विधिको शासन शुन्य जस्तो भएको अबस्था छ ।
दिक्तेल नगरपालिका बिगत र बर्तमान ः–
राज्य पुनःसंरचनापछि ७६ वटा गाबिसलाई २ वटा नगरपालिका ८ वटा गाउँपालिका गरी जम्मा ७९ वटा वडाहरु रहेको प्रतिनिधिसभाको १ वटा क्षेत्र र प्रदेशमा क र ख रहेको जिल्लाको सदरमुकाममा रहेको जिल्लाकै सबैभन्दा ठुलो नगरपालिकाको रुपमा स्थापित नाम हो दिक्तेल रुपकोट मझुवागढी नगरपालिका ।
संघीयतापछि २०७३ सालमा नगरपालिका घोषणा सँगै दिक्तेल, सोल्मा डाँडागाउँ, बाम्राङ, खाल्ले, लफ्याङ मिलेर बनेको नगरपालिका दिक्तेल नगरपालिका भएकोमा राज्य पुनःसंरचनाको क्रममा नगरोन्मुख दिक्तेल गाबिसलाई टुक्राएर दिक्तेल १ र सोल्मा डाँडागाउँ २ वडा, ३ नं.बाम्राङ, ४ खाल्ले, ५ लफ्याङ, ६ नेर्पा, ७ दोर्पा, ८ बुवालुङ, ९ निर्मलीडाँडा, १० पाथेका, ११ खार्मी, १२ जालपा, १३ नुनथला, १४ बुइपा, १५ बिजयखर्क बनाई दिक्तेल नगरपालिका नामाकरण गरिएकोमा राजनीतिक खिचातानीको कारण पछि दिक्तेल नाम हटाई रुपाकोट मझुवागढी नामाकरण गरियो । स्थानीय तहको निर्वाचनका बेला घोषणा गरे बमोजिम दिक्तेलका पहिलो मेयर दिपनाराण रिजालले नगरको नाम दिक्तेल थपी दिक्तेल रुपाकोट मझुवागढी बनाएर नागरिकलाई नगरपालिकाको नाम भन्न र लेख्न समेत असहज र भद्दा किसिमको बन्यो ।
नेपालको संविधान २०७२ लाई कार्यन्वयन गर्ने सन्र्दभमा भएको ऐतिहाँसिक स्थानिय तहको नर्विाचन २०७४ असार १४ मा नेपाली काँग्रेसबाट मेयरका उमेद्धार राजन राई, उपमेयरका उमेद्धार कुन्ता केसी, नेकपा एमालेबाट मेयरका उमेद्धार दिपनारायण रिजाल, उपमेयरका उमेद्धार बिणादेबी राई, नेकपा माओवादी केन्द्रबाट मेयरका उमेद्धार दुर्गाजयन्ती राई, उपमेयरका उमेद्धार होमकाजी आचार्य बिनोद निर्वाचनमा होमिएपपछि जनताको जनमत मेयर र उपमेयर सहित नेकपा एमालेको पोल्टामा पल्लाभारी भयो ।
वडागत रुपमा दिक्तेल १ मा नेपाली काँग्रेसबाट टंकप्रसाद आचार्य, वडा नं.२ मा नेकपा एमालेबाट हर्कबहादुर खत्री, वडा नं.३ राप्रपा नेपालबाट ललितकुमार राई, वडा नं. ४ मा नेकपा एमालेबाट डिल्लीकुमार राई, वडा नं. ५ मा जनता समाजबादीका निर्मलकुमार राई, वडा नं.६ मा नेकपा माओवादी केन्द्रका माधब राई, वडा नं.७ मा नेपाली काँग्रेसका महन्तकुमार राई, वडा नं.८ मा नेकपा एमालेका लिलाकुमार चौहान, वडा नं.९ मा नेकपा एमालेबाट हर्कराज राई, वडा नं.१० मा जसपाका मुगाधन राई, वडा नं.११ मा नेपाली कांग्रेसका रामचन्द्र राई, वडा नं.१२ मा नेकपा माओवादी केन्द्रका विकास राई, वडा नं.१३ मा नेकपा माओवादी केन्द्रका भिम राई, वडा नं.१४ मा नेकपा एमालेका दिनेशकुमार राई र वडा नंं. १५ मा नेकपा एमालेका बिरेन्द्रप्रसाद ढकाल गरी दुई तिहाई बहुमतले मेयर दिपनारायण रिजालले नगर चलाए ।
मेयर रिजालले नेतृत्व गरेको कार्यकाल बिशेष गरी सफ्टवेयरको विकास भन्दा हार्डवेयर विकास नै बढी रह्यो । जसमा नगर पालिकाको आफ्नो भवन सहित १५ वटै वडा भवन निर्माण, स्वास्थ्य चौकी भवन, विद्यालयका भवन तथा फर्निचर, दिक्तेल बजार सडक ढलान, दिक्तेल बजार खानेपानी, बिभिन्न सडक स्तरोन्नती, कम्पोष्ट मल प्लान्ट, चिल्ड्रेन पार्क सहितको सपिङ कप्लेस, पञ्चेदोबाटो बजार ब्यबस्थापन, हाटडाँडा बजार ब्यबस्थापन, कम्पोष्ट मल प्लान्ट, विद्यालयमा सिसि क्यामेरा जडान, कालिका भगवती थान जाने गेट सहितको खुड्किला, पञ्चरदोबाटो बुइपा स्वास्थ्य चौकी खुड्किला नर्माण, जिल्ला अस्पतालदेखि पुरानो नगरपालिकासम्म खुड्किला, नेर्पा भुलभुले दुधकुण्ड ब्यबस्थापन, साप्सुधाप देउधाम ब्यवस्थापन, सितादेवी मन्दीर निर्माण, पेन टावर र रुरु ताल निर्माण, रुपाकोट भ्यु टावर निर्माण, आखाँपोखरी निर्माण, बसपार्क निर्माण, कबर्ड हल निर्माण, बिभिन्न खेल मैदान निर्माण, स्थनिय ऐन नीति तथा कार्यविधि निर्माण, यलम्बरको शालिक निर्माण, नयाँ तथा पुराना सडक निर्माण, विद्यालयमा सिसि क्यामेरा जडान लगायतका कार्यहरु भए भने बिश्वलाई नै तहस नहस गर्ने कोरोना भाइरस कोभिड १९ ब्यबस्थापन, उपचार र राहत बितरण प्रमुख कार्यहरु हुन् ।
स्वभाबैले पहिलो कार्यकाल भएका कारण स्पष्ट नीति तथा खाका नभएकाले सबैकुरा ब्यबस्थापन र सञ्चालन सँगै गर्नुपर्ने भएकाले जनताका आधारभुत आबस्यकतामा खास ध्यान पुग्न नसकेको जनगुनासो रहिनैरह्यो । ब्यवसायिक र सिपमुलक शिक्षामा सुधार हुन नसकेको जसका कारण उच्च शिक्षा हाँसिल गर्न शहर नै पस्नु पर्ने, शहरबाट गाउँ फर्कने वातावरण नै नभएपछि युरोप वा खाडी मुलुकहरु जाने, स्वास्थ्यमा भवन बन्यो तर आबस्यक प्रयोगशाला र बिज्ञ जनशक्तीको अभाबमा शहरका महंगा अस्पताल जान हेलीकोप्टर चार्टर वा महंगो मूल्यको एम्बुलेन्स, गाडी रिर्जभ गर्नुपर्ने बाध्यता हटेन ।
खानेपानीका आयोजना दिक्तेल बाहेकको सम्पन्न हुन नपाउदै प्रयोगमा आएन । बेरोजगारीताको समस्या ज्युका त्यु नै रहे, बैदेशिक रोजगारमा पलायनताको दर घट्दो भन्दा बढ्दो नै रह्यो । कार्यालयबाट प्रबाह हुने नागरिकका सेवा धेरै झन्झटिलो बन्यो, कहिले मेयर, उपमेयर, कार्यालय प्रमुख, लेखा अधिकृत, इन्जिनियर नभएर हप्तौ फायल अड्किएका घटना आइनै रह्यो ।
योजनाहरुमा कमिशनको चलखेलका कारण योजना सम्झौतादेखि सम्पन्न प्रतिबेदनसम्म दुःख पाएको गुनासो रहिनै रह्यो । पावर लाउदा काम हुन्छ भन्ने पुरानै सिद्धान्त हावी भइरह्यो, कमिशनमुखी विकास भयो भन्ने उपभोक्ता समितीहरुको दावी रहिरह्यो, विकासमा आफन्त हावीभयो भन्ने जनगुनासो कार्यकाल र कार्यकाल पर्यन्त पनि रह्यो । कृषि क्षेत्रमा हुनुपर्ने र जनताले महशुस गर्नेगरीको विकास नभएको आम कृषकहरुको गुनासो रह्यो । उत्पादक र उपभोक्ताहरुको भेट नै हुन नपाई बिचौलिया हावी हुने र भारी मात्रामा बिचौलियाले पैसा कुम्ल्याएको कारण उत्पादक र उपभोक्ता सधंै मारमा परेको, उत्पादित कृषि उपजको ब्यबस्थापन, बजारको ग्यारेन्टी, बजार मूल्य जस्ता कुराहरुको अभावले मास भोल्युममा उत्पादन गर्न नसकिने, भएका उत्पादन समेत कुहियर सडेर जाने, चिस्यान केन्द्रहरुको उचित ब्यबस्थापन र सञ्चालन नभएको गुनासो सुनिइरहे ।
पशु चौपाय र बालीनालीमा लाग्ने रोग, जंगली जनावर बाँदर आतंक तथा प्रकृतिक प्रकोप जोखिम न्युनिकरणको उचित सम्बोधन तथा ब्यवस्थापन नहुनु जस्ता कारणले आन्तरिक एबं बाह्य बसाई सराई बढ्दै गएको जसका कारण खेतीयोग्य जमिनहरु बिस्तारै बाँझिएको आम बुझाई रहेको छ ।
दोस्रो कार्यकाल
नेपालको संविधान २०७२ कार्यन्वयनका लागि निर्वाचन अयोगले आवद्यिक निर्वाचन गराउनु विधिको शासन अन्तर्गत पर्दछ । जस अनुसार २०७९ साल बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न भयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्वाचनमा क्रियाशिल राजनीतिक दल भर्सेज नेकपा एमालेको चुनावी गर्मागर्मी बढ्यो । नेकपा एमालेबाट मेयर पदमा कुमारप्रसाद आचार्य, उपमेयरमा बिणादेवी राईको उमेद्धवारी रह्यो भने पाँच दलिय गठबन्धनबाट मेयरको प्रत्यायसी नेपाली काँग्रेसका तीर्थराज भट्टराई उपमेयरका प्रत्यायसी नेकपा माओवादी केन्द्रका बिसन राईको उमेद्धारी रह्यो । अन्ततः मत परिणाममा गठबन्धनका उमेद्धार भट्टराई र राईको बिजय पल्लाभारी बन्यो ।
त्यसैगरी वडागत रुपमा वडा नं.१ मा नेपाली काँग्रेसका नबराज राई, वडा नं.२ मा नेकपा माओवादीका ध्रुबविक्रम राई, वडा नं.३ मा नेकपा एमालेका महेन्द्र राई, वडा नं.४ मा नेकपा माओवादीका खगेन्द्र राई, वडा नं.५ मा नेपाली काँग्रेसका दिनेश घिमिरे, वडा नं.६ मा नेकपा माओबादी केन्द्रका माधब राई, वडा नं.७ मा नेपाली काँग्रेसका हरीप्रसाद चौलागाँई, वडा नं.८ मा नेकपा एमालेका लिलाकुमार चौहान, वडा नं.९ मा नेकपा माओवादी केन्द्रका दिनेश कठायत, वडा नं.१० मा जनता समाजवादीका मुगाधन राई, वडा नं.११ मा इख बहादुर राई वडा नं.१२ मा नेकपा माओवादी केन्द्रका दानबहादुर राई, वडा नं.१३ मा नेकपा माओवादी केन्द्रका भगेश्वर राई, वडा नं.१४ मा दिनेशकुमार राई र वडा नं.१५ मा नेपाली काँग्रेसका रामबहादुर कटुवालको बिजय संगै दलगत रुपमा नेकपा माओवादी केन्द्रको बहुमत रहेको छ ।
झण्डै डेढ बर्षको कार्यकालमा नियमित कार्यालयका कामहरु, नयाँ ट्रयाक ओपन तथा पुरानो सडक मर्मत, सामान्य श्रम शिविर, भैंसी बितरण, घाँसका बिउ, बिरुवा बितरण, अनुगमन, बेलाबेला बाटो खन्न ढिला गर्ने ठेक्केदारको स्काभेटरमा चाँबी लगाउने, नगरदुत घोषणा, सम्पर्क समन्वय, कालिका देवी भगवती थान जाने बाटोलाई फूलको पहाड बनाउने घोषणा एबं श्रमदान, रक क्लाइम्बिङको सम्भावना अध्ययन, प्लास्टीक टनेल, पाइप र हिलटैंक बितरण, दिक्तेल बजार ढलानको बहुबर्षे योजना अन्र्तगत पुरानो बेस क्याम्पदेखि होटल लयालुसम्मको ढलानमा अनुगमन र खबरदारी, हालै मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रर्दशनी गर्न लागिरहेको छ ।
नगरपालिकालाई नागरिकको प्रश्न ः–
१) झण्डै ६ महिनादेखि प्रमुख प्रशासकिय अधिकृतको ब्यबस्था गर्न सकेको छैन । लेखा अधिकृतले निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी लिएको अबस्था छ यसकाे ब्यवस्थापन कस्ले गर्ने हाे ?
२) आज भन्दा २० बर्ष अगाडिदेखि जिल्ला वन, भेटेरीनरी, भु–संरक्षण कार्यालय, जिल्ला कृषि विकास कार्यालयले निःशुल्क बाँड्दै आएको नेपियर लगायत बिभिन्न जातका घाँसका बिरुवा सम्बन्धित कार्यालयको तथ्याङ्कबाट हेर्न सकिने, सस्तो लोकप्रियताको लागि नेपियर घाँसको डाक्ला आफ्नो पारिश्रमिक १ लाख ५० हजारबाट किनेर नगरभरीका किसानलाई छेलेखेलो बनाएर अन्य पालिकालाई समेत निबेदन दिन भनेको छ तर कहाँबाट किनियो त्यो रकम ? कुन घाँसखेतीवालाले पायो जानकारी दिइदैन ।
३) जिल्ला अस्पतालको बेहाल त छँदैछ तथापी नगरका वडाहरुबाट प्रदान गरिने स्वास्थ्य सेवा कतिको प्रभाबकारी छ ? त्यो बिषयमा चासो चिन्ता नै देखिदैन । एउटा ब्यबस्थित नगर अस्पताल सञ्चालन गर्ने योजना छैन । जसका कारण अकालमा मृत्यु वा हेलिकोप्टर चार्टर वा महंगो मूल्यको एम्बुलेन्स अर्थात गाडी रिजर्भ गरेर उपचारका लागि शहर जानु पर्ने अबस्था छ ।
४) ब्यबसायिक र सीपमुलक शिक्षाको लागि भएका विद्यालयलाई नमूना बनाएर उच्च शिक्षा हाँसिल गराउने र दक्ष जनशक्ती तयार गरी रोजगार दिने कुनै योजना र कार्यन्वयनको बाटो अवलम्बन नगरी छात्रबृत्तिको लागि शहरका नीजी कलेजममा पढाउन शैक्षिक ब्यापारीसँग् समन्वय गरिदिन्छ नगरपालिका र हल्ला गर्छ हामीले खत्रा ग¥यौ नि छात्रबृत्तिको लागि भनेर सञ्चार माध्यममा नीजी कलेजको बिज्ञापन छ्यापछ्याप्ती बनाउछ ।
५) बाटो खन्छ अथवा मर्मत गर्छ । बर्षातले पहिलेकै अबस्थामा पु¥याउछ, खन्छ पुर्छ, राज्यको लगानी वालुवामा पानी । कुनैपनि वडामा १२ महिना गाडी चल्न सक्दैन, सो को दिगो ब्यबस्थापनमा लाग्नु पर्ने कस्ले हो ?
६) पशु चौपायमा लाग्ने लम्पी स्कीनका कारण नगर भरी मरेका पशुको तथ्याङ्क कती हो ? क्षतिपुर्ती बापत कृषकले के पाए ? निःशुल्क खोप र उपचारमा पनि पावर लाउनु परेको जन गुनासो आइरहेको छ ।
७) जंगली जनावर बाँदर आतंक र खानेपानीको हाहाकारले बसाई सराई गएको र जानुपर्ने अवस्थाको तथ्याङ्क सार्वजनिक र ब्यबस्थापन कसले गर्ने हो ?
८) आजको आबस्यकता पर्यटन प्रबद्र्धन की दैनिक जनजिबिकाको सवाल ?
९) कृषि उपज उत्पादन मूल्य र बजारिकरणको ग्यारेन्टी पहिलेकी अन्तर्राष्ट्रिय चित्रकला प्रर्दशनी गरेर पर्यटक भित्र्याउनु पहिले ?
१०) यस भन्दा अगाडि अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता लगायका खेलकुदहरु पर्यटक भित्र्याउन कै लागि भएका थिए अर्थात नगरलाई बिश्वसामु चिनाउनका लागि भएका थिए, पर्यटक भित्र्यायर कति नागरिकले रोजीरोटी पाए ? स्वरोजगार भए ? कति आर्थिक श्रोत भित्रियो ?
११) नगरका जनताले फूलैफूलको पहाड बनाउदा कतिले रोजगारी पाउँछन् र दिगो आम्दानीको श्रोतको प्रक्षेपण के हो ?
१२) पर्यटन प्रवद्र्धन नै गर्ने हो भने अघिल्लो स्थानिय सरकारले गरेको लगानीबाट नगरको आन्तरिक आय श्रोतमा कति रकम जम्मा भयो र सो को संरक्षण सम्बद्र्धन र प्रर्बद्धनमा किन हेलचक्र्याँई ? चिल्ड्रेनपार्क सहितको सपिङ कम्प्लेक्सको जग्गालाई नगरपालिको हाम्रो भन्छ, बालमन्दीरले हाम्रो भन्छ, कसको हो स्पष्ट बनाउनुपर्छ कि पर्दैन ? अनि भासियो चर्कियो भन्ने समाचार र प्रत्यक्ष अनुगमन हुन्छ , के कारणले भासिएको हो ? कसको कमजोरी हो ? संरचनाको पुनःनिर्माण कस्ले कहिले गर्नुपर्ने हो किटान किन गरिदैन ?
१३) आखाँपोखरीमा पानी लाउने ब्यबस्था गर्न कसले रोक्यो र बारम्बार समाचारको श्रोत किन बन्छ ?
१४) अघिल्लो स्थानीय सरकारले आर्थिक अपचलन गर्यो भनेर बिषयको उठान गरी उक्त बिषयमा नगर उपप्रमुखको संयोजकत्वमा बनेको उच्च स्तरिय छानबिन समितीले हालसम्म प्रतिबेदन सार्बजनिक किन नगरेको ? कसले रोक्यो ? सार्बजनिक नगर्ने भए किन समिती बनाएको र आरोप लगाएको ? अघिल्लो सरकार किन मौन बसेको ? झुठा आरोपको खण्डन किन नगरेको ?
१५) युवा पलायनताले समाज बन्छ ? युवालाई स्वदेश वा नगरभित्र बसेर योजना र कार्यक्रममा समाबेश गरायर अपनत्व महशुस नगराए दिगो र एकिकृत विकास सम्भब छ ?
यी र यस्ता किसिमका प्रश्न नै प्रश्न नगरबासीसँग छ जसको सवाल जवाफ गर्ने मञ्च समेत बनाउदैन, नगरपालिका उल्टै मेरो बिरोध किन गरिस ? भनेर निच र घटिया शब्द प्रहार गर्दै गाली गर्न उद्यत हुन्छ । जसलाई हामी नगरपिता, न्यायमुर्तीको उपमा दिइरहेका छौं । याे छलफलकाे बिषय बिशुद्ध राजनीतिक दलका नेता कार्यकर्ता बाहेकका नागिरकहरूलाइ सुम्पिएकाे छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]