देश पोष्ट /काठमाडौँ । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथी भएको कुटपिटको बिरोधमा बिगत चार दिनदेखि भइरहेको आन्दोलनका कार्यक्रम ६ बुँदे सहमति सहित स्थगित भएको छ ।
मणिपाल शिक्षण अस्पतालका चिकित्सकहरु र मृतकका आफन्तहरुबीच बिहीबार ६ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छ भने बन्द गरिएका अस्पतालको सेवा सुचारु भएको जानकारी प्राप्त भएको छ ।
सहमति अनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाँउ लमजुङको सुन्दरबजारमा वर्षमा एक पटक विशेषज्ञ सेवासहित स्वास्थ्य शिविर चलाउने, दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुबै पक्षले सहयोग गर्ने, बिनय गुरुङ उपर दर्ता भएको कसूर मुद्दामा कानूनी रित पुर्याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गने बिषयमा दुबै पक्षले सहमती पत्रमा हस्ताक्षर गरेको खबर प्राप्त भएको हो ।
लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा असोज ८ गते मृत्यु भएको थियो । दुराको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा तोडफोड समेत गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]