देश पोष्ट खोटाङ । जिल्ला समन्वय समिति (जिसस) ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको मृत्यु भएको छ ।
७३ वर्षीय खनालको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा गए राति निधन भएको छ । उनी आमाशयको क्यान्सरबाट पीडित थिए ।
उनी २०७९ सालको निर्वाचनबाट सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित भएपछि जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्य समेत थिए ।
दिवंगत खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]