देश पोष्ट /खोटाङ । नेकपा एमाले कोशी प्रदेशको अधिवेशनबाट लेखा समितिको सचिवमा खोटाङका युवा नेता ओमप्रकाश घिमिरे निर्बिरोध निर्वाचित भएका छ्न । एमालेको प्रथम अधिवेशनबाट कानुन ब्यबसायीसमेत रहेका घिमिरे सर्वसम्मत निर्वाचित भएका हुन।
यस्तै, जिल्लाबाट सदस्यतर्फ महिला सदस्यमा बिणादेवी राई, दिलकुमारी राई, पुष्पकला भुजेल, दलित सदस्यतर्फ चर्चबहादुर बिश्वकर्मा, युवा सदस्यमा सुनिल राई, खुला सदस्यतर्फ खडेन्द्र साम्पाङ राई, कमल बुढाथोकी, प्रभातबिक्रम कटवाल, राजन ढकाल निर्बिरोध निर्वाचित भएका छ्न। उपसचिवमा देवान राई, खुला सदस्यमा इन्द्र दङ्गाल र आदिवासी जनजाति सदस्यमा दुधराज तामाङ चुनावी मैदानमा छ्न।
उपाध्यक्षबाहेकका पदाधिकारीको लागि भने निर्वाचन हुँदैछ। अधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि चुनावी प्रक्रिया शुरु भएको हो ।
असोज १२ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रथम अधिवेशनको उद्घाटन गरेका थिए।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]