देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिकामा सौर्य सडक बत्ती जडान गरिएको छ । बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तोकेको मापदण्डअनुसार गाउँपालिकाको मानेभञ्ज्याङ बजार क्षेत्रमा छ वटा सौर्य सडक बत्ती जडान गरिएको गाउँपालिकाले जनाएको छ ।
सौर्य सडक बत्ति स्थापना गरि नवीकरणीय उर्जा प्रवर्द्धन गर्दै रात्रीकालिन अवस्थामा आवत-जावतलाई सहज बनाउनुका साथै शान्ति सुरक्षाको प्रत्याभूत गरि दूर्घटनामा समेत कमी ल्याउने प्रमुख उद्देश्य भएको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो ।
आगामी दिनमा गाउँपालिकाको बजारक्षेत्र र गाउँपालिकासम्म पुग्ने सडकहरुमा सौर्य बत्ती जडान गर्दै लगिने उहाँको भनाई छ । हालका लागि नविकरणीय उर्जाको ७ लाख ८० हजार लागतमा मानेभञज्याङ बजार क्षेत्रमा ६ वटा सौर्य सडक बत्ति जडान गरिएको छ ।
केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । सौर्य सडक बत्ती जडान गरिएपछि विद्युत खपतमा कमी आउने र सरकारको विद्युतभार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुगेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]