देश पोष्ट/ खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ४ खाल्ले काँडेका देवराज खत्री (शम्भु)बिगत केही बर्ष देखि बैदेशिक रोजागर बाट फर्केर बाख्रापालन बाट आम्दानिको स्रोत बनाउदै आएका छन् ।
बैदेशिक रोजगार बाट फर्केर बाख्रा व्यवसाय गरेका खत्रीले पछिल्लो समय मनग्यै आम्दामी गर्दै आएका छन् । उनी भन्छन् , “सुरुमा बाख्रा व्यवसायी गर्दा कस्ता बाख्रा किन्ने भन्ने थाहा थिएन । बिग्रेका सस्ता मुल्यका बाख्रा किन्दा सुरुमा लगानी डुब्यो , अहिले पछिल्लो समय उन्नजातका बाख्रा ल्याएका छन् ” हरेक बाख्रालाई उन्नतजातको बोयर बोका लगाउँछन् , खत्रीले बाख्रा व्यवसाय बाट बार्षिक दश लाख आम्दामी गर्दै आएका छन् ।
उनले बाख्रा व्यवसाय बाटनै घर व्यवहार चल्लाउदै आएका छन् । बाख्रा व्यवसायबाट सन्तृष्ट भएको उनले बताए । बाख्रा व्यवसायका लागी पछिल्लो समय उनको घरको नजिकै ७ रोपनी जग्गा किनेर घाँस खेती लगाउदै आएका छन् ।
बाख्रालाई आवश्यक पर्ने मकै, कोदो रोप्ने बारीमा उन्नत जातका घाँस खेती लगाउँदै आएका छन् ।राइखनीउ जापानीज किम्बु, डाले घाँस, नेपियर, अमलिसो, भुइघास लगायता घासहरु लगाएका छन् ।
बैदेशिक रोजगार फर्केर ३ लाखको खोर निमार्ण गरेका उनले व्यवस्थित रुपमा बाख्रा व्यवसायलाई अगाडी बढाएका छन् ।
बाख्राको खोरमा गर्भवती बाख्रा, किशोरी बाख्रा पाठा पाठी व्याड बोका, सुत्केरी बाख्रा राख्ने छुट्टछुट्टै कोठा निर्माण गरिएको छ । त्यसरी कोठा छुट्टै राख्दा बाख्रा तुहीने समस्या नहुने रोग बाट बचाउन सकिने खत्रीको भनाई छ ।
उनले बोयर जातका बोका समेत पालेका छन् । बाख्रालाई चाहिने सुष्म पोषकत्त्व खनिज ठिक्क बनाएर नियमीत खुवाउने गरेका छन् । नियमीत खुवाउनले बाख्रा , खसी, बोका फस्टाउनुका साथै खसी, बोकाको तौलमा बृद्धि हुने चाडो आम्दामी गर्न सकिने उनको भनाई छ ।
बैदेशिक रोजगार सबै युवा जादा देशमा कोही नहुने भए बिदेशको जति देशमा कमाउन सकिन्छ । बिदेश गएर अर्कोको गुलामी गर्नु भन्दा देशमा केही गर्छु भन्ने मनसाय बाट बाख्रा व्यवासय सुरु गरेको खत्री बताउँछन् ।उनको परिवारमा एक छोरा एक छोरी श्रीमती छन्। उनलाई बाख्रा व्यवसायको लागी उनको श्रीमती सगाउँदै आएकी छिन् । घरपरिवारको राम्रो सर्पोट पाएर व्यवसाय सुरु गरेको बताउँछन् ।
स्थानीय युवाहरुले स्वादेशमा केही गरौँ भन्ने मनसायले सुुरु गरेको व्यवसायलाई स्थानीय सरकारले आर्थिक नैतिक लगायतको कुनै पनि सहयोग नगरेको भन्दै गुनासो गरेका छन् । व्यवसायीक सुरु गरेका युवा बिगत पाचँ बर्ष देखि फर्म दर्ता गरेर बाख्रा पालन गर्दै आएका छन् । हामी जस्तो व्यवासयीकले कृषकले अनुदान पाउन ग्राहो छ । हामी जस्तो बास्तबिक कृषकले नपाएर पहुँचका भएकाले पाउने गरेका खत्रीले गुनासो गरे ।
अहिले बाख्रा फर्ममा लोकल खरी जात र जमुनापारी, उन्नत जात गरेर तिन जातका बाख्राहरु रहेका छन् उनको मुख्य उद्धेश्य भविष्यमै हजार बाख्रा पुर्याउने स्थानीय युवालाई रोजगारी दिने रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]