देश पोष्ट /काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ संग जापानको राजधानी टोकियो शहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यही २०२३ को अक्टोबर ८ देखी ११ तारिख सम्म जापानको क्योतो शहरमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभरनेन्स फोरम कार्यक्रममा सहभागी हुन जापान पुगेको समयमा टोकियोमा संसद श्रेष्ठ संग अन्तरक्रिया सम्पन्न भएको रास्वपा जापान संगठन प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय कोषाध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
रास्वपा भित्र विज्ञ सांसदको रुपमा परिचित श्रेष्ठ संसदिय समितीहरुमा अध्ययनशिल प्रस्तुती र बिचारका कारण लोकपृय सांसदको परिचय दिइरहेकी छिन् ।
सांसद श्रेष्ठ जापान गएको समयमा रास्वपा समर्थकहरुको जापानी संगठन प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिती जापानले टोकियोको कामता स्थीत चौतारो रेष्टुरेन्टको सभाहलमा अन्तरक्रिया सम्पन्न गरेको कोषध्यक्ष घिमिरेको भनाई रहेको छ ।
शनिवार दिउसो ३ बजे देखी ६ बजे सम्म सञ्चालित अन्तरक्रियाको क्रममा टोकियो एबं आसपासमा बस्ने नेपालीहरुको उल्लेख्य उपश्थिती रहेको र सहभागीहरुले पार्टीको नीति,शिद्धान्त एबं कार्यशैलीको बिषयमा जिज्ञासा राख्नुको साथै रणनैतिक योजनाको बिषयमा छलफल भएको प्रवास नेपाली सम्पर्क विभाग केन्द्रिय समिती सभापती दिलेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
नेपाली राजनीतिमा भइरहेको बिकृति,बिसंगती एबं बढ्दो मंहगी,चरम भ्रष्टाचारको न्युनिकरणको लागि पार्टीको भुमिकाको बारे सहभागीहरुले प्रशन उठाएको र पार्टीलाई खबरदारी गरिएको सहभागीहरुको भनाई रहेको छ ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले पार्टी पंक्ती भ्रष्टाचार न्युनिकरणको पक्षमा र अपराधीहरुलाई संरक्षणको बिपक्षमा रहेकोले पार्टी भित्र र बाहिर हुने सबैखाले फोहोरहरु सफा गर्ने अभियान रहेको कुरा ब्यक्त गरेको कोषाध्यक्ष घिमिरेले बताउनुभयो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]