देश पोष्ट /खोटाङ । सर्लाहीको हरिपुरमा मंगलबार बिहान हात्तिको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । अर्का एक जना भने घाइते भएका छन् ।
रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–२ घर भइ हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
हरिवन नगरपालिका–१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल मंगलबार बिहान ८ बजे गाईवस्तुका लागि घाँस लिन हरिपुर नगरपालिका–१ स्थित जानकीनगर जंगलमा गएका थिए।
जंगलमै आमनेसामने भएपछि दाहाललाई हात्तीले लछारपछार पारेको र घटनास्थलमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाहालसँगै जंगल पुगेका सख्त घाइते भएका काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]