देश पोष्ट /काठमाडौं । सहकारी विभागका रजिष्टार नमराज घिमिरेले सहकारी विभागमा धम्की र कमिशन काण्ड, रजिष्टार र उप–रजिष्टारलाई फाल्न माग शिर्षकमा गत मंगलबार रिपब्लिका दैनिकमा छापिएको समाचार प्रती आपत्ती जनाउनु भएको छ । झुठा र कपोकल्पित लाञ्छनायुक्त भाषामा कसैको निर्देशन एबं आग्रहमा पुर्बाग्रही र भ्रमपुर्ण समाचार प्रकाशन गर्नु पत्रकारिताको आचारसंहिता बिपरित,खेदजनक र आपत्ती रहेको रजिष्टार घिमिरेको भनाई रहेको छ ।
पछिल्लो समय सहकारीहरुले ब्यक्तीगत स्वार्थको कारण गरेको बदमासीलाई ढाकछोप गर्नका लागि बदमासी गर्ने सहकारीका मालिकहरुले सहकारी विभाग एबं रजिष्टार,उप रजिष्टार माथी दोष थोपरेर आँफु पन्छिनका लागि यो किसिमको हर्कत गरेको कुरा रजिष्टार घिमिरेले ब्यक्त गर्नुभयो ।
मुलुकमा रहेका ३१३७३ सहकारीहरु मध्ये केही सहकारीहरुले बचतकर्ताको बचत रकम हिनामिना गरेर भाग्ने,कार्यलय बन्द गर्ने,प्रहरी कस्टडीमा रहनुका साथै सम्बन्धित सहकारीको बिरुद्ध आएका उजुरीहरुका आधारमा बचतकर्ता सहकारी सञ्चालक समितीका पदाधिकारी र सहकारी विभागका रजिष्टार उप रजिष्टार समेत बसेर बचतकर्ताको रकम फिर्ताका अभ्यास गरिरहेको सन्दर्भमा आँफु ठिक छु भन्ने बनाउनका लागि भिागमाथी दोष थोपार्नु असान्दर्भिक भएकाले यो किसिमको हर्कत कस्ले गरिरहेको छ भन्ने कुराको सुक्ष्म अध्ययन भइरहेको उप रजिष्टार खिमानन्द आचार्यले बताउनुभयो ।
सहकारी ऐन,नियमावली,सहकारीको शिद्धान्त,मूल्य मान्यता बिपरित सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम घरजग्गा कारोबार,हाउजिङ लगाएत ब्यक्तीगत फाइदामा लगानी गरेको र पछिल्लो समय घरजग्गा कारोबार प्राय ठप्प जस्तो अवस्थामा रहेका कारण बचतकर्ताहरुको रकम ठगी गरी नियतबस भाग्नेको संख्या बढीरहेको कारण उक्त समस्यालाई नियमन गर्नका लागि हर तरहले विभाग लागिरहेको अबस्थामा समस्यामा परिने डरले सहकारी मालिकहरु आत्तिएर बचतकर्तामा भ्रम श्रृजना गर्नका लागि सामाजिक सञ्जाल र आम सञ्चारहरुबाट दिग्भ्रमित पार्न लागि परेको रजिष्टार घिमिरेको भनाई रहेको छ ।
यतीबेला सबैभन्दा धेरै ठुलो समस्यामा बचतकर्ताहरु रहेकाछन्,जसलाई न्यायको अनुभुती गराउने कार्य राष्ट्रसेवक कर्मचारीको हुन्छ र सोही बमोजिम नियमन गर्न सकरात्मक हिषाबले कम्मर कसेर लागि परिरहेको विभागमाथी हिलो छ्याप्ने कार्य कदापी असह्य भएकाले एसरी योजनाबद्ध हिषावले ब्यक्तीगत मानमर्दन हुने गरी तथ्य र आधारहिन कुरा लेख्ने र लेख्न लगाउने दुबै पक्षलाई कानुनी उपचार खोजिने कुरा रजिष्टार घिमिरेले बताउनुभयो ।
मुलुक संघीयतामा गएपछी सो को ब्यबस्थीत कार्यन्वयन राज्यले गर्न नसक्दा यी र एस्ता किसिमका ठगीहरु मौलाउदै गइरहेको छ । लाखौं बचतकर्ताहरुको अरबौं रुपैया हिनामिना गरी भागेका इच्छाराज तामाङ जस्ता पुर्व अध्यक्ष प्रहरी कस्टडीमा छन् भने कैयौं सहकारी सञ्चालक फरार रहेको बेला नियमन गर्नका लागि सहकारी विभाग,प्रदेश स्तरीय सहकारी,७५३ वटै स्थानीय तहहरुमा रहेका सहकारी शाखाहरुले सत प्रतिशत सेवा प्रवाहमा लाग्ने हो भने यो समस्याको चाँडैं निकास निस्कने विभागका उप रजिष्टार आचार्यको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]