देश पोष्ट/ खोटाङ । उदयपुरमा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु भएको छ ।
उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राईको कुटाईबाट मंगलबार राति २९ बर्षिया श्रीमति छबिमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरीका अनुसार भान्सा कोठामा सुतिरहेको श्रीमति छबिमायालाई प्रेसर कुकर प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।
गम्भिर घाईते बनेकी छबिमायाको अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको थियो । उनिहरु पाहुनाको रुपमा त्रियुगा नगरपालिका ५ श्रीपुर आएका थिए । पाहुनाकै रुपमा रहेको समय सामान्य विवाद हुदा श्रीमानले प्रेसर कुकर प्रहार गरेका थिए ।
अहिले छबिमायाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ।
आरोपित राईमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयमा जनाएको छ । उनिहरु दशै मनाउन भन्दै दिदीको घर श्रीपुर आएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]