देश पोष्ट /खोटाङ । भोजपुरमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । आज (शनिबार) बिहान आमचोक गाउँपालिका–६ टेङलुङछुकस्थित जंगलको गुफामा पानीमुनी सात वर्षीया बालिकाको शव फेला भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
बालिकामाथि बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही थुन्कीका २१ वर्षीय दिपचन्द्र राईलाई पक्राउ गरेको छ । नाबालिका बिहीबार साँझ अन्दाजी ६ बजेदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी छोरी खेलिरहेको बेलामा हराएको भन्दै फोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए ।
उक्त खबर पाएपछि प्रहरीको टोलीले घरमा पुगेर बालिकाको विवरणहरू लिएको थियो । शुक्रबार इलाका प्रहरी कार्यालय बोयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिएर नाबालिकाको खोजी गर्न थालेको थियो ।
प्रहरीले अनुसन्धान गर्नेक्रममा अन्तिम पटक छिमेकी दिपचन्द्रसँग नाबालिकाको भेट भएको खुलेको थियो ।
सुरूमा प्रहरीले उनलाई सोधपुछ गर्दा आफूलाई घटनाबारे थाहा नभएको बताइरहेका थिए । तर प्रहरीले उनको शरीरमा हेर्दा ढाडमा चिथोरेका घाउहरू भेटिएको थियो । घटना स्वीकार गरेपछि प्रहरीले शवबारे सोधेको थियो । त्यसक्रममा शनिबार बिहान ८ बजे टेङलुङछुकस्थित जंगलको गुफामा पुगेको थियो । जहाँ नाबालिकाको शव फेला परेको हो । नाबालिकाको शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ ।
उक्त घटनास्थलमा मुचुल्का उठाएर पोष्टमर्टम गर्न प्रहरीले धरानस्थित घोपा अस्पतालमा पठाएको स्रोतले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]