देश पोष्ट /खोटाङ । खोटाङमा बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल तालखर्कका २१ वर्षीय प्रकाश पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पुरीले ११ कार्तिकमा तालखर्कमै सानिआमा नाता पर्नेको घरमा आई बसेकी ९ वर्षीया बालिकालाई घरमा अभिभावकहरु नभएको अवस्थामा जबर्जस्ती करणी प्रयास गरेको आरोप छ ।
अस्थाई प्रहरी चौैकी तालखर्कमा सो घटनाको जानकारी आउनसाथ तालखर्कबाट प्रहरी टोली खटि पुरीलाई सोही दिन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पुरीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]