देश पोष्ट /खोटाङ ।चाडपर्व आएसँगै खोटाङ जिल्ला प्रशासन कार्यालय खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या वृद्धि भएको छ । दशै, तिहार मनाउन घर आएको मौका पारेर सदरमुकाम दिक्तेल आइ जिल्ला प्रशासन कार्यालयमा नागरिकता राहादनी, परिचयपत्र बनाउनेको संख्या बढिरहेको छ ।
अधिकांस समयमा शहरमा बसोबास गर्ने मानिसहरु चाड पर्व मनाउन गाउँ आएको समयमा नागरिकता राहादानी तथा परिचयपत्रको काम हुने भएकाले जिल्ला प्रशासन भिड लागेको प्रशासनले बताएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुसार दशैपछि कार्यालय बाट दैनिक २० देखि २५ जनाको हाराहारीमा राहादानी बितरण र नयाँ राहादनीको लागि पेश गर्नेको संख्या दैनिक ४०देखि ५० को हाराहारीमा त्यसै गरी नागरिकता बितरण र परिचयपत्र बनाउनेको संख्या ५० देखि ६० को हाराहारीमा रहेका रहेको जिल्ला प्रशानस कार्यालयका प्रमुख प्रशाकीय अधिकृत भिमराज कोइरालाले जानकारी दिनुभयो ।
त्यसै गरी दशै तिहारको बिचमा इलाका प्रशासन कार्यालय खोटाङ बजारबाट पनि दैनिक १०देखी १५ वटा नागरिकता बितरण भईरहेको थियो भनी अहिले ६० देखि ७० को हाराहारीम नागरिकता बितरण भईरहेको इलाका प्रशासन कार्यालय खोटाङ बजारले बताएको छ ।
काम बिशेषले बर्षै सम्म जिल्ला बाहिर बसिरहेका स्थानीय दशै तिहार मनाउन घर आएको मौका पारेर नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायका कामका लागि सरदमुकाम पुग्ने गरेका छन् । जसकारण हिजो आज प्रशासनमा बाक्लो भिड लागिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]