देश पोष्ट /खोटाङ । ओखलढुंगाको मोलुङ गाउँपालिका ६ मा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो २ बजेको समयमा बालकले लाईटर खेलाउने क्रममा आगलागि हुदा कर्मा शेर्पाको ढुङ्गा माटोले बनेको, ढुङ्गाको छाना भएको २ तले घर जलेर नष्ट भएको हो ।
शेर्पा र उनकी श्रीमती गाउँकै आफन्तकोमा गएको थिए सोही बेला शेर्पाका आफ्नै ३ वर्षीय छोरा मिङ्मार शेर्पाले लाइटर खेलाउने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । ३ बर्षका बालक सकुशल रहेका छन भने १५ महिनाका बालक फूर्वा शेर्पा भने हराई रहेकाले आगोमा परेको हुन सक्ने आशंका गरीएको प्रहरीले बताएको छ ।
आगलागीबाट उक्त घर, घरमा रहेको काठपात, भाँडा वर्तन, अन्नपात, लत्ता कपडा समेत गरी करिब १५ लाख बराबरको क्षति भएको जनाइएको छ । स्थानिय वासी, जनप्रतिनिधि र नेपाल प्रहरीको सहयोगमा ४ः ३५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिईएको जनाइएको छ ।
हराइरहेका बालकको खोजी कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]