देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० कार्तिक २४ गते, शुक्रवार, १० नोभेम्बर २०२३ दिक्तेलको मझुवा कालिका भगवतीको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । ईर्ष्या गर्नेहरूले हार खानेछन् । व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ । आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । विशेष खानपानको अवसर प्राप्त भए पनि स्वास्थ्य–चिन्ताले सताउनेछ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । चुनौती पन्छाएर अघि बढ्न सकिनेछ । अध्ययनमा समय दिन नसकिएला । यात्रा र किनमेलमा बढी खर्च हुने समय छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । आलस्य गर्ने बानीले पछि परिनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन् । करकापमा परी काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । सोख पूरा गर्न सञ्चित रकम खर्च हुने देखिन्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले उत्साह जगाउनेछन् । नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । टाढाका साथीभाइले काममा साथ दिनेछन् । खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले निकै पछि परिनेछ । पछिल्लो समयका लागि केही वस्तु त्याग्नुपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । दिगो काम प्रारम्भ हुन सक्छ । विभिन्न भौतिक साधन जुट्नेछन् । पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयस्रोत बढ्नेछन् ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । महत्त्वाकांक्षा पूरा नहुनाले मन खिन्न रहनेछ । राम्रो परिणाम दिलाए पनि प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल धेरै आम्दानीको आशा नराख्नुहोला । पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्ना कामबाट अरूले फाइदा उठाउनेछन् । अस्वस्थताले कमजोरी निम्त्याउनेछ । पेसा–व्यवसायमा केही चुनौती आउन सक्छन् । गोप्य सूचना बाहिरिनाले काम रोक्नुपर्ने परिस्थिति आउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । आफ्ना सूचना बाहिरिनाले समस्या पर्न सक्छ । सामान्य काममा धेरै धन र श्रम खर्चनुपर्ला । लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला । गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ । काममा व्यस्तता बढ्नेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । धन तथा ज्ञानको भण्डार बढ्ने समय छ । जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला । गृहस्थीहरूको जीवनयात्रा रमाइलो रहनेछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]