देश पोष्ट /काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमीले यस बर्षको एसईई परिक्षका लागि आवेदन फारम खुला गरेको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले कक्षा १० ले २०८० सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्ने,भराउनेबारे आज सूचना जारी गरेको हो ।
कक्षा १० मा नियमित अध्ययनरत विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो ।
आजदेखि मंसिर मसान्तभित्र आबेदन भरिसक्नु पर्ने र उक्त सूचनालाई आधार मानी सम्बन्धित विद्यालयले विद्यार्थीलाई फाराम भराउनु पर्ने बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्ने बोर्डको सूचनामा उल्लेख रहेको छ ।
परिक्षा बोर्डले आजै अर्को सूचना जारी गर्दै कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित अध्ययनरत विद्यार्थीका लागि २०८१ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । रजिष्ट्रेशन फारमका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्ने बोर्डले जनाएको छ ।
हेर्नुहोस् बोर्डले जारी गरेको सूचना ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]