देश पोष्ट/ काठमाण्डौं । आज मिति २०८० कार्तिक २८ गते, मंगलवार, १४ नोभेम्बर २०२३ पञ्चमुखी हनुमानको दर्शन गरी तपाईको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ । वादविवादमा अघि नसर्नुहोला ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रियजनसँगको भेटघाटले दिन निकै रमाइलो र उत्साहवर्द्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिनेछ, नयाँ साथीभाइ भेटिनेछन् । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । केही भौतिक सुविधा पनि जुटाउन सकिनेछ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ । अरूका लागि उपयोग भइनेछ । वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार तथा सानो असमझदारीले आफन्तजन टाढिन सक्छन् । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम प्रारम्भ गर्ने समय छ । प्रतिस्पर्धीले हार खानेछन्। परिश्रम परे पनि समय निकै फलदायी रहनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरू टाढिन सक्छन् । अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला । अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ । व्यापारमा समेत कम मात्र फाइदा हुनेछ । निराश नहुनुहोस् । मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला । सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दैनिक आवश्यकता पूरा हुनेछन् । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । दिगो फाइदा हुने काम प्रारम्भ होला । साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख भने पाइनेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । तापनि टाढिएका साथीभाइ नजिकिनेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]