देश पोष्ट/ खोटाङ । खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ परेका छन् ।
नाताले भतिजि पर्ने ७ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् ।
रावा बेसीं गाउँपालिकाका ती बालकले बुधबार घरमा कोही नभएको अवस्थामा भतिजिलाई हाडनाता करणी गरेको भनी खवर आएपछि प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नाबालिकाको स्वास्थ्य जाँच तथा उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको र नाबालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]