देश पोष्ट खोटाङ । झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायो मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो
दुर्घटनामा परी मोटरसाइकलमा सवार घाइते भएका सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]