देश पोष्ट /काठमाण्डौं । आज मिति २०८० मंसिर ३ गते, आइतवार, १९ नोभेम्बर २०२३ सुर्यदेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्त्वपूर्ण भेटघाटले हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा फाइदा हुनेछ ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पदीय जिम्मेवारी प्राप्त हुन सक्छ ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । दिनभर दौडधुप गर्नुपरे पनि काम अधुरो रहला । पहिलेका समस्या दोहोरिनाले उत्साहमा समेत कमी आउन सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । महत्त्वपूर्ण समय घरेलु समस्यामै अल्झनुपर्ला ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारजनको साथले केही समस्या सुल्झनेछन् । उधारोमा व्यापार गर्नुपर्ला । खानपान, मानोरञ्जन र पहिरनको सोखले खर्च बढाउन सक्छ । निम्तो मान्ने क्रममा आतिथ्य खर्चिलो बन्ने देखिन्छ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ । अध्ययनमा प्रगति हुनेछ ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन् । पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिन सक्छन् । शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ । पेसा–व्यवसायमा फाइदा हुनेछ । मनग्य धनलाभ हुनेछ भने पहिलेको लगानीले दिगो फाइदा दिलाउनेछ । दैनिकीमा सुधार ल्याउनेछ । शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसरका लागि केही दौडधुप गर्नुपर्ला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ला । बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]