देश पोष्ट /खोटाङ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित पृथ्वी माध्यामिक विद्यालय नजिकैको एक घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट अन्दाजी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
गएराती बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले बाक्सिलाका किशोर दुमी राईको ढुंगा माटोले बनेको टिनको छानो भएको तीनतले घर घर पूर्णरुपमा जलेको हो ।
आगलागीबाट १५ वटा बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिए ।
आगलागीबाट सो घरमा सुतिरहेका राईकै १५ वर्षीया भान्जि सरिता तामाङको भाग्ने क्रममा माथिल्लो भागको अगाडीको २ वटा दाँत भाँचिएको र बायाँ हात फयाक्चर भएको छ । उनको स्थानीय क्लिनिकमा उपचार भईरहेको छ ।
आगोलाई प्रहरी र स्थानीयले आज बिहान २ बजे पूर्णरुपमा नियन्त्रणमा लिएका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]