‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत
‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत
Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङ उद्योग वाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार–२०७९’बाट पत्रकार चिसाङ शेर्पा पुरस्कृत भएका छन् । शनिबार उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशन र सचिवालय भवन उद्घाटनको अवसरमा पत्रकार शेर्पा नगद ५ हजार र सम्मान पत्र सहित पुरस्कृत भएका हुन् । शेर्पाले खोटाङको व्यवसाय क्षेत्रलाई समेटेर समाचार सम्प्रेषण गरी चलाउनु भएको कलमको उच्च कदर गर्दै पुरस्कार प्रदान गरिएको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिन कुमार राईले बताउनुभयो । पत्रकार शेर्पालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र