‘गम्भीर षड्यन्त्र’ भइरहेको छ
कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको छ : अध्यक्ष ओली
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै विभाजित गरेर समाप्त पार्न ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउनुभएको छ । उहाँले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी गर्नुभएको छ । ‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा (एमाले) लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ, एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पड्यन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन नसक्ने स्पष्ट पार्नु भएको छ ।