भारतीय राजदूतावासद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई  एम्वुलेन्स प्रदान

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाइ  भारतीय राजदूतावास काठमाडौंले एम्वुलेन्स प्रदान गरेको छ । नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघ/संस्था र स्थानीय तहलाई एम्वुलेन्स तथा स्कुल वस प्रदान गर्ने क्रममा आइतवार भारतीय दुतावासले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई एम्वुलेन्स प्रदान गरेको हो। नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवको रोहवरमा  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाण्डौँस्थित भारतीय दुतावास लैनचौरमा आयोजित समारोहका वीच  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईलाई एम्वुलेन्सको चावी हस्तान्तरण गर्नुभएको थियो । मन्त्री राईले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास

Breaking News  संग सबंधीत छ |

नगरपालिकाको नीति तथा कार्यक्रम जनतालाई  हाति आयो हात्ती आयो फुस्स : वडाध्यक्ष चौहान

 Lokmani Rijal

देश पोष्ट / खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका ८ नम्बर वालुङका वडाध्यक्ष लिला कुमार चौहानले २०८०/८१ नीति तथा कार्यक्रम बजेट दोस्रो बैठकको सुन्य समयमा बोलेर बहिष्कार गरेका छन् । सोमबार होटल ईन्द्रेणीमा पत्रकार सम्मलेन गर्दै  नीति तथा कार्यक्रम बहिष्कार गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नवौ नगर सभा नीति कार्यक्रम पास भए नगरबासीको हितमा नरहेको जनतालाई हाति आयो हात्ती आयो फुस्स भएको भन्दै बहिष्कार गरेका छन् । एकलौटी  ढंगबाट प्रस्तुत भएको कार्यक्रम कुनै परिवर्तन सम्भावना नभएको र नीति कार्यक्रममा अलपत्र भएको, दिक्तेल बजारको ढलानलाई व्यवसायलाई दोष देखाउदै नगर बाट बजेटको

Breaking News, समाचार  संग सबंधीत छ |

शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइयो

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था हटाइएकाे छ । दिक्तेल रुपाकोट मझुवागढी नगरका मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा शनिवार भएको छलफलबाट याे व्यवस्था हटाउने निर्णय भएकाे हाे । तत्कालीन नगरका मेयर दीपनारायण रिजाल र उपमेयर विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यावहारिक भएको भन्दै जिल्लामा रहेकाे शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए । नगर कार्यपालिकाको आउँदाे बैठकबाट नगर शिक्षा नियमावली, २०७६ को नियम २७ (ङ) लाई निष्क्रिय गर्ने, आउँदाे नगरसभाबाट शिक्षा नियमावली संशोधन गर्ने, शैक्षिक सुधारका कार्यहरूलाई निरन्तर अगाडि बढाउने, शिक्षकहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता

Breaking News, समाचार  संग सबंधीत छ |

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : ९८ करोड ६ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि रु ९८ करोड छ लाख ५७ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘नगर हाम्रो प्राण, नगरमै छ जीन्दगी, विकासमा छ ध्यान’ भन्ने नाराका साथ कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर निर्माण गरिएको नीति, कार्यक्रम तथा बजेट शनिबार पेश गरिएको हो । ‘उत्पादनमा कृषकको हात, कोही पनि नबसौँ खाली हात’ भन्ने नाराका साथ नगर प्रमुख तीर्थराज भट्टराईले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । ‘मेरो नगर,

Breaking News, समाचार  संग सबंधीत छ |

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान शुरु

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ ।खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रुपमा श्रमदान अभियान शुरु गरेको हो । श्रमदान अभियान अन्तरगत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रा.लि. खोटाङ, ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको छ । ट्याक्टर तथा ट्रिफर व्यवसायी सङ्घमा आवद्ध एकजना व्यवसायीले कम्तिमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध

Breaking News, समाचार  संग सबंधीत छ |

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : पूर्ण खोप सुनिश्चितता नगर घोषणा

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगरपालिकाभित्रका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा भएसँगै नगरपालिकालाई बिहीबार औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो । नेपाल सरकारले निःशुल्क प्रदान गर्ने सबै मात्राको खोप नगरपालिकाका १५ वटै वडाका ३८४ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएको नगर स्वास्थ्य शाखा प्रमुख मोहनकुमार राउतले बताउनुभयो । नगरपालिकाभित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्रसमेत प्रदान गरेको छ । आगामि वर्षमा

Breaking News, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका : विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन गरेको छ । नगर कार्यपालिका बैठकले विभिन्न १९ वटा विद्यामा सल्लाहकार चयन गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पूर्व नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईलाई अनुभवी सल्लाहकार चयन गरिएको पत्रकार सम्मेलनमा नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । राई इज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर सद्भावना दुत चयन हुनुभएको छ । गित/सङ्गीतको क्षेत्रमा लागेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासमेत ख्याती कमाउनुभएका गायक राईलाई यही चैत–१९ गते बसेको नगर

Breaking News, समाचार  संग सबंधीत छ |

दिक्तेलमा शिविर मार्फत एक हजार १३७ जनाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको शिविरमा एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन् । ६४ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया, नौ जनाको टेरिजिएम शल्यक्रिया र तीन जनाको इन्ट्रोपिएन शल्यक्रिया गरिएको छ । शिविरमा आएका चार सय सेवाग्राहीलाई हेल्पिङ हेण्ड अस्पताल काठमाडौंको सहयोगमा नेपाल नेत्र ज्याति संघ खोटाङमार्फत निःशुल्क चश्मा वितरण गरिएको छ । आँखाका समस्या भएका बिरामीलाई जिल्लामै सेवा दिने उद्देश्यका साथ दिक्तेल रुपाकोट मझुवानगरी

Breaking News, स्वास्थ्य/शिक्षा  संग सबंधीत छ |

समाचार
दाहालको अध्यक्षतामा सर्वसम्मत

सम्पर्क मञ्चको १४ औं सम्मेलन बाट दाहालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

सरकारको बेथितिका कारण देश सङ्कटमा

एमाले केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश सङ्कटमा फसेको निष्कर्ष ।

बढ्याे चुनावी सरगर्मीमञ्चको १४ औं सम्मेलन अन्तिम तयारी

एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको १४ औं सम्मेलन अन्तिम तयारी, बढ्याे चुनावी सरगर्मी

कर्मचारी दोषिनेताहरुलाई सफाइ

ललिता निवास काण्डमा नेताहरुलाई सफाइ, कर्मचारी दोषि ठहर ।

उपयोगबिहिन दुई बसपार्क

७ वर्षदेखि उपयोगबिहिन दुई बसपार्क हिजोबाट प्रयोगमा ।