माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को एकतालाई खारेज गरि साविकका एमाले र माओबादी केन्द्र व्युताएपछि नेकपा माओबादी केन्द्रको स्थायी कमिटी बैठक पार्टीको केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वोच्चको फैसलाले पछिल्लो समयमा उत्पन्न राजनैतिक अवस्थाकोबारे छलफल गर्न बैठक आयोजना गरिएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले लोकान्तरलाई जानकारी दिए । सर्वोच्च अदालतले केही दिनअघि नेकपालाई एकताअघिका दुई पार्टीको हैसियत स्थापित गरिदिएपछि माओवादी केन्द्रको यो दोस्रो बैठक हो ।


पुनर्गगठित माओबादी(केन्द्र)को अध्यक्षमा कर्णजित बुढाथोकी चयन

 Lokmani Rijal

देशपाेष्ट/काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी  केन्द्रीय समिति बैठकले नयाँ नेतृत्व चयन गरेको छ । कात्तिक ११ गते पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएकापछि नयाँ नेतृत्व चयन गरिएको हो । नेकपा एमालेसँगको एकतामा विमति जनाउँदै नेकपा माओवादी केन्द्र पुनर्गठन गरेका किरातीले स्वास्थ्यका कारण अध्यक्षको जिम्मेवारी छोडेको भनिएको थियो । माओवादी केन्द्रको बैठक तथा विशेष भेलाले सोमबार महासचिव  कर्णजीत बुढाथोकी शुशिललाई पार्टी अध्यक्षमा चयन गरेको छ। माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष तिलक थापाको अध्यक्षतामा बसेको बैठक तथा भेलाले एक मतका साथ अध्यक्षमा बुढाथोकीलाई चयन गरेको थियो

राजनीति  संग सबंधीत छ |

समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो