दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । बझाङमा दाजुको हत्या गरेको आरोपमा भाई पक्राउ परेका छन्। छबिसपाथिभेर गाउँपालिका-६ का घट्टेलेकका ५० वर्षीय बिजुली मन्डेला पक्राउ परेका हुन्। उनलाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान पक्राउ गरेको हो। उनले शुक्रबार धारिलो हतियार प्रयोग गरी ६० वर्षीय दाजु जैलु मण्डेलाको हत्या गरेको आरोप छ । हत्यापछि आरोपी बिजुली फरार भएका थिए। हत्याको कारणबारे भने हालसम्म खुलेको छैन। पक्राउ परेका बिजुलीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। हत्या आरोपमा  कपिलवस्तु वाणागंगा नगरपालिका-८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई पक्राउ गरिएको बताइएको छ । उनलाई सोमबार राति इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले पक्राउ गरेको हो। घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यस घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।


ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ

 Lokmani Rijal

देश पोष्ट /खोटाङ ।  ओखलढुङ्गामा छिमेकीकाे हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका तिलकबहादुर कटुवाललाई ८३ वर्षकै सोमबहादुर अधिकारीको  हत्या गरेको आरोपमा  पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनाबीच बुधवार  बिहान सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कँदै गरेका अधिकारीलाई कटुवालले धकेल्दा लडेर घाइते भएका थिए । घाइते भएका अधिकारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए । कटुवाललाई हिजाे बेलुका पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ ।दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ  । प्रहरीका अनुसार वृद्धा घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् । उनको घाँटी र छातीमा चक्कु प्रहार गरिएको प्रहरीले बताएको छ । उक्त घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


बर्दियामा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान पक्राउ

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । बर्दियामा श्रीमतीकाे हत्या गरेकाे आराेपमा श्रीमान् पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा घाँस काट्दै गरेकी श्रीमतीकाे हत्या गरेकाे आराेपमा  ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् । बिहीवार हिजाे ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेकाे आराेपमा पक्राउ परेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेका बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । ताप्लेजुङमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।  मैवाखोला गाउँपालिका–५, फाकुम्बा बस्ने ६३ वर्षीया आमा धनमाया लिम्बूको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । छोरा  ३३ वर्षीय दिल्लीकुमार लिम्बूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दिल्लीको मानसिक अवस्थामा ठिक नभएको बताइएको छ । आफ्नै आमाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।


नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या

 Lokmani Rijal

देश पोष्ट /खोटाङ ।नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई हत्या भएको छ । गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ भागेको स्थानीय प्रत्यक्षदर्शीहरुले धनुषा  जनाएको छन्  । ती महिलाको पहिचान खुलेको छैन । ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि नखुलेको धनुषा प्रहरीले जनाएको छ । घटना दशगजा पारी भए पनि सीमा क्षेत्रमा भएकाले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोली घटनास्थल पुगेको थियो ।

अपराध, समाचार  संग सबंधीत छ |

समाचार
दाहालको अध्यक्षतामा सर्वसम्मत

सम्पर्क मञ्चको १४ औं सम्मेलन बाट दाहालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन

सरकारको बेथितिका कारण देश सङ्कटमा

एमाले केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश सङ्कटमा फसेको निष्कर्ष ।

बढ्याे चुनावी सरगर्मीमञ्चको १४ औं सम्मेलन अन्तिम तयारी

एमाले खोटाङ काठमाण्डौं सम्पर्क मञ्चको १४ औं सम्मेलन अन्तिम तयारी, बढ्याे चुनावी सरगर्मी

कर्मचारी दोषिनेताहरुलाई सफाइ

ललिता निवास काण्डमा नेताहरुलाई सफाइ, कर्मचारी दोषि ठहर ।

उपयोगबिहिन दुई बसपार्क

७ वर्षदेखि उपयोगबिहिन दुई बसपार्क हिजोबाट प्रयोगमा ।