११३ औं अन्तर्राष्ट्रिय महिला दिवस
११३ औं अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रमका साथ सम्पन्न
Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा “लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने मुल नाराका साथ विविध कार्यक्रमका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न भएको छ । महिला तथा बालबालिका शाखाको आयोजना भएको कार्यक्रममा दिक्तेल बजारको रत्नपार्क बाट र्याली सहित सुरु भई समिक्षालय हलमा विभिन्न औपचारिक कार्यक्रम गरि सम्पन्न भएको हो। ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसमा नगरपालिका भित्रका महिला जनप्रतिनिधि बीच वतृत्वकला प्रतियोगिता आयोजना गरेको छ । ‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भुमिका’ विषायक वतृत्वकला प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – १२ कि