१४९ सांसद सर्बोच्च जाने
राष्ट्रपति र प्रधानमन्त्री बिरुद्ध १४९ सांसद सर्बोच्च जाने ।
Lokmani Rijal

देश पोष्ट/ काठमाण्डौं । प्रतिनिधी शभाको विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध १४९ सांसद सर्बोच्च जाने भएकाछन् । विपक्षी पाँच दलको बानेश्वर छलफल पछी सर्वोच्च अदालत जाने तयारी रहेको कुरा बिज्ञप्ती मार्फत सार्बजनिक गरेका छन् । सबोच्च जानका लागि सांसदहरुलाई नागरिकतासहित आइतबार १ बजे संसद भवनमा बोलाएको छ । आइतबार वा सोमवार सर्वोच्च अदालत जाने तयारी भएको नेताहरु को भनाई रहेको छ । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् ।