१६ वर्षपछि प्रहरीको पञ्जामा
प्रेमिकालाई जलाएर फरार रहेका शिवजी १६ वर्षपछि प्रहरीको पञ्जामा ।
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । १६ बर्ष अघि आफ्नै प्रोमिकालाई मट्टीतेल खन्याएर आगो लगाई फरार रहेका रामेछापको खाँडादेवी गाउँपालिका– ६ खत्रीगाउँ घर भएका ‘शिवजी’ भनेर चिनिने गबहादुर खत्री प्रहरीको पञ्जामा परेका छन् । २०६२ पुस ६ गते कलंकीस्थित लामापाटीमा रहेको डेरामा बस्ने काभ्रेको फूलबारी, दाप्चा घर भएका भगवती लामा अधिकारीलाई मट्टीतेल छर्केर आगो लगाएर हत्यागरी झ्यालबाट भागेको अभियुक्तलाई १६ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको जनाएको छ । ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर–७ चाङ्गाथलीमा तास खेलिरहेका अबस्थामा ब्यूरोका डीएसपी रुगम कुँवर र अनिल घिमिरेको टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको