२०५ जनालाई चार्टड फ्लाइट
अफगानिस्तान बाट २०५ जनालाई चार्टड फ्लाइट बाट नेपाल उद्धार ।
Lokmani Rijal

देश पोष्ट /काठमाण्डौं । अफगानिस्तानमा विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछी थप हिंसाबाट जोगाउन नेपाल फर्कनकाे लागि सरकारको सम्पर्कमा आउने २०५ जनालाई चार्टड फ्लाइट बाट नेपाल ल्याइएको छ । दुइटा चार्टर्ड फ्लाइटमा २०५ जना नेपाली काठमाडौं आएका थिए। दुबै चार्टर्ड जहाज कुवेतबाट नेपाली ल्याएर आएका थिए। जजिरा एयरलाइन्सको जहाजबाट मंगलबार दिउँसो ११८ र राति ८७ जना नेपाली काठमाडौं पुगेका हुन्। त्यसैगरी परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा मंगलबार साँझ ५ बजेसम्म २५६ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको जानकारी दिएको छ । मन्त्रालयले अफगानिस्तानमा रहेका थप नेपालीहरूलाई कन्सुलर