२५६७औँ बुद्ध जयन्ती
२५६७औँ बुद्ध जयन्ती , लुम्बिनीमा शान्ति र्याली
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो । ६ वर्षको तपस्यापछि ३५ वर्षको