३३ किलो सुन
चर्चित ३३ किलो सुन काण्डमा संलग्न ‘भोजे मामा’ पक्राउ ।
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । चर्चित ३३ किलो सुन तस्कर काण्डका फरार प्रतिवादी ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाइ पक्राउ परेका छन्। सुन तस्करीमा संलग्न प्रतिबादी ‘भोजे मामा’ लाई गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनु भएको छ । ‘भोजे मामा’ को भूमिका के कस्तो थियो भन्ने बारेमा अब अनुसन्धान अघि बढाइने वरिष्ठ उपरीक्षक सिंहले बताउनु भएकको छ । २०७४ फागुन ९ गते दुबई बाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्योसँगै छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरे