५ औं राष्ट्रिय महिला अधिकार दिवस
५ औं राष्ट्रिय महिला अधिकार दिवस खोटाङमा पनि मनाइयो
Lokmani Rijal

अस्मीता खत्री / देश पोष्ट /खोटाङ । महिला हक अधिकार: सबैको साझा सरोकार’ भन्ने नाराका साथ आज १६ गते ५ औं राष्ट्रिय महिला अधिकार दिवस खोटाङमा भब्य रुपमा मनाइएको छ । अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटीको आयोजनामा अखिल नेपाल महिला संघ कोशी प्रदेश इन्चार्ज विणा देबी राईको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान गर्दै दिवस मनाइएको हो। वि.सं. २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाद्वारा महत्त्वपूर्ण चारवटा ‘विशेष प्रस्ताव’ सर्वसम्मतिले पारित गरी नेपाली महिलाको अधिकार सुनिश्चित गर्ने आधार निर्माण गरिएको स्मरण स्वरूप आजको दिनलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउँदै