हलेसी तुवाचुङ नगरपालिका
हलेसी तुवाचुङमा नगरकै बजेटमा १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्दै “जिरो फि” घोषणा
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगर भित्र शिक्षाका नाममा “जिरो फि” घोषणा गरी कुनै पनि शुल्क तिर्न नपर्ने व्यवस्था गरिएको छ । “जिरो फि” घोषणा गरेको उक्त नगरपालिकाले यसवर्ष १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने समेत भएको छ । नगर कार्यपालिकाको १०४ औं बैठकले यस बर्ष नगरपालिकाको बजेटबाट १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने निर्णय गरेको हो । विद्यार्थी अनुपातमा भवन नभएका र भएपनि जिर्ण बनेका कारण पठनपाठनमा समस्या रहेका विद्यालयमा नयाँ भवन निर्माण गरेर पठनपाठन सहज बनाउने निर्णय भएको नगरप्रमुख बिमला राईले बताउनुभयो । आइतबार
















