aagolagi
झापामा आगलागी हुँदा १ जनाको मृत्यु, १२ घाइते
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । झापाको मेचीनगरमा आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। आगलागीमा परि १२ घाइते समेत भएका छन् । मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणी टोलको एक घरमा भएको आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते शरद राजवंशीको धुलाबारीस्थित एन्जल मेडिकल हल पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ। आगो निभाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्किँदा शरद राजवंशीको मृत्यु भएको हो। आगलागीमा घाइते हुनेमा मेचीनगर ८ का लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का गोविन्द प्रसाद राजवंशी, मेचिनगर ७ का दिपेन्द्र कार्की, मेचिनगर ७ कै चन्दन गौतम, मेचीनगर ७ कै सुबलाल