aandolan
सडकमा नउत्रने भनेको गठबन्धनका भातृ संगठनहरु प्रदर्शनमा
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । संसद बिघटनको बिरुद्धमा सडकमा नजाने सर्बोच्चको फैसला स्वीकार गर्ने,कोरोना भाइरसको महामारी नियन्त्रणमा सरकारलाई सघाउने जनाएको गठबन्धनका भातृसंगठनहरु सडकमा उत्रिएकाछन् । प्रधानमन्त्री के.पी. शर्मा ओलीले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन नभएपछी गर्नु भएको संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्बोच्चमा रिट दायर गरेपछी सडकमा नजाने घोषणा गरे पनि गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शनमा उत्रिएकाछन् । राजधानीको प्रदर्शनीमार्गमा गरेको प्रदर्शनमा सहभागीहरुले सरकारको असंवैधानिक कदम खारेज गर, विधिको शासन कायम गर, प्रतिगमन अब त अति भो, राष्ट्रलाई क्षति भो लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका