aneraswobiyu
अनेरास्ववियु जिल्ला कमिटी खोटाङको अध्यक्षमा पोखरेल चयन
Lokmani Rijal

देश पोष्ट/ खोटाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन जिल्ला कमिटी खोटाङको २३ औं जिल्ला सम्मेलन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । ‘शिक्षाको राष्ट्रियकरणमा जोड, निजीकरणलाई निरुत्साहन, वैज्ञानिक र व्यवहारिक शिक्षाका लागि २३ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ उक्त सम्मेलन सम्पन्न भएको छ । अनेरास्ववियुको २३ औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी खोटाङको अध्यक्षमा मोहन पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कमिटी सर्वसहमत चयन गरिएको हो। शनिबार सम्पन्न सम्मेलनले जिल्ला कमिटी खोटाङको अध्यक्षमा मोहन पोखरेल, उपाध्यक्षमा यम खड्का, सचिवमा विष्णु