bal katha
सिर्जनाकुञ्जका श्रीरामको ‘पोलेको मकै’
Lokmani Rijal

देश पोष्ट /काठमाडौं । पूर्वको साहित्यिक उर्वरभूमि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ७ दोर्पा चिउरीडाँडा सिर्जनाकुञ्जका श्रीराम राईले बालकथा संग्रह ‘पोलेको मकै’ सार्वजनिक गर्नुभएको छ। बालकथा तथा लघुकथा विद्यामा सशक्त कलम चलाउने स्रष्टा राईको बालमनोविज्ञानमा आधारित बालकथा ‘पोलेको मकै’ बुक्स हिमालयले प्रकाशन गरेको हो। जिल्लामा प्रकाशित भावना साप्ताहिकबाट पत्रकारिता गर्नुभएका राईले पत्रिका प्रकाशनमा नेपालको जनयुद्धले प्रभाव पारेपछि पछिल्लो समय १० वर्ष जिल्लाकै विभिन्न विद्यालयहरूमा शिक्षण गर्नुभएको थियो। पुरानै पेशा र साहित्यिक भविष्यको खोजीमा २०७२ सालमा राजधानी काठमाडौं प्रवेश गर्नुभएका राईले नागरिक दैनिकको जुनकिरी पृष्ठमा श्रमजीवी पत्रकारिता गर्दै बालसाहित्य